रिवन इन्टरटेनमेन्टद्वारा आयोजित ‘नेपाल्स कलेज डिभा अफ द इयर’मा सजुम कटुवाल विजेता बनेकी छन् । राजधानीको राष्ट्रिय नाचघरमा भएको फाइनल भिडन्तमा उपाधि जितेर चोभारकी कटुवालले बिबिए र एयर होस्टेजको तालिमका लागि छात्रवृत्ति पाएकी छन् । प्रतियोगितामा पूजा चौधरी फस्ट, पायल कौर सेकेन्ड, रञ्जीता कार्की थर्ड र सबनम शाक्य फोर्थ रनरअप भए । सजुमले मिस फोटोजेनिक, पूजाले मस्ट पपुलर, पायलले बेस्ट पर्सनालिटी र बेस्ट आर्टवक तथा रञ्जीताले बेस्ट स्माइल र सबनमले बेस्ट स्किन टाइटल जिते ।
गीत संगीत र नृत्यसमेत प्रस्तुत गरिएको कार्यक्रममा नवीना श्रेष्ठ मिस ट्यालेन्ट र मिस क्याटवाक, अर्चना दंगाल बेस्ट हेयर, समीक्षा सापकोटा मिस फेसन आइकन र फेसबुक च्वाइस, एन्जिला थापा बेस्ट फिजिक, श्रेया शाक्य मिस कन्जिनालिटी, श्वेच्छा खत्री मस्ट डिसिप्लेन, अस्मिता जिरेल मस्ट फ्रेन्ड्ली भएका छन् ।
विभिन्न कलेजमा अध्ययनरत् १७ किशोरीबीचको प्रतिस्पर्धामा उर्जा कार्की बेस्ट स्पिच, रिया तिम्सिना ब्युटी विथ परपोज, अञ्जु ज्ञवाली मस्ट चार्मिङ, निश्चला खड्का बेस्ट फिट्नेस छानिएका थिए ।
0 comments :
Post a Comment