English Edition

यसरी जल्यो ताप्लेजुङ बजार (फोटो फिचर)

जिल्लामा दमकल नहुदाँ बिजोग

ताप्लेजुङ सदरमुकाममा भएको भीषण आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ ।
बेलुकी साढे ७ बजेदेखि शुरु भएको आगलागीले सदरमुकाम फुङलिङ बजारको तोक्मेडाँडा क्षेत्रका झण्डै चार दर्जन घर ध्वस्त भएका छन् । अहिलेसम्म ३५ वटा घर जलेर नष्ट भएको पुष्टी भएको छ । ९० परिवार विस्थापित भएका छन् ।
राती साढे १० बजेतिर मात्र आगो नियन्त्रणमा आएको थियो । क्षतिको विवरण संकलनको काम भइरहेको छ । आगलागीले तोक्मे क्षेत्रमा रहेका तीनवटा सरकारी कार्यालय लगायत आधा दर्जन गैर सरकारी र सयौं पसल तथा सामाजिक संघसंस्थाका कार्यालय समेत जलेका छन् ।
तीव्र गतिमा हावा चलेको र पानीको अभावका कारण आगो नियन्त्रणमा लिन कठिनाई भएको थियो । दमकल नभएको आगो नियन्त्रणमा लिन डोजर लगाएर घर हटरा भत्काइएको थियो ।





Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment