English Edition

नेपालको ताज महल अर्थात रानीमहल

 
कृष्ण घिमिरे, मार्च २०
           
पर्यटकीय दृष्टिकोंणले अत्यन्तै महत्वपुर्ण मानिने पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट ७ की.मी. उत्तर तर्फ कालिगण्डकीकोे छेउँमै अवस्थित छ, नेपालको ताजमहले परिचित रानीमहल । रानीमहल पुग्न तानसेनबाट करीव तीन घण्टाको पैदलयात्रापछि पुग्न सकीन्छ भने अहिले रानीमहल को नजिक सम्म कच्ची मोटरबाटो पनि पुगेको छ । तर रानीमहल घुम्न जानेहरु प्राय पैदल नै यात्रा गर्न मन पराउछन्, कीनकी यसरी जाँदा बाटोमा वन ,जंगल र झरनाको दृष्यावलेकन गरी रमाउँदै पुग्न सकीन्छ ।
रानीमहल निर्माणको  इतिहासलाई हेर्दा राणाशासनकालमा खड्ग समशेरले  आफ्नी रानी तेजकुमारीकोे स्मृतिमा बि.सं. १९५४ मा निर्माण गरेको इतिहास बताउछ । खड्ग समशेर त्यसबेलाका शकीतशाली मनिन्थे । उनी आफ्नी कान्छी श्रीमतीसंग पाल्पाका विभिन्न रमण्ीाय स्थलहरुको भ्रमण गर्दथे । घुम्ने क्रममा कालिगण्डकीकोे तीरमा उनीहरुको मुख्य भ्रमण स्थल थियो । तेजकुमारी धार्मिक स्वभावकी थिइन्, उनले त्यो रमणीय स्थलमा घुम्नेक्रममा खड्ग समशेरलाई आफु मरेपछि उक्त क्षेत्रलाई उनकै नाममा धार्मिक स्थल बनाईदिनु पर्ने बाचा गराएकी थिईन् । वि.सं १९५० मा रानी तेजकुमारीको मृत्यु पश्चात खड्ग समशेरले आफ्नी  श्रीमतीका नाममा महल बनाउन लगाएका थिए । तेजकुमारीको मृत्यु नहुँदै आफ्नी प्यारी रानीले राखेको कुरा पुरा गर्ने प्रतिबद्धता देखाएर मृत्यु पश्चात उनकै संझनामा निर्माण गरिएकाले यसलाई प्रेमको प्रतिकका रुपमा पनि चिनिन्छ । यसरी खड्ग समशेरले आफ्नि रानीको नाममा निर्माण गरेको महल क्षेत्र अहिले रानीघाटको नामले तीर्थस्थलको रुपमा परिचित छ भने महल रानीमहलको नामले देश तथा विदेशमा समेत प्रसिद्ध छ ।
           यो महल निर्माण भएको लामो समय सम्म यसको मर्मत सम्हार नहुँदा महलको रुप नै परिवर्तन भएको थियो । वि.सं. २०४२ सालको आँधीवेरीले महललाई पुर्ण रुपमा क्षति पुर्याएको थयो । पछि रानीमहलको दृष्यावलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटकको घुँईचो लागेपछि यसको बारेमा महत्व बढ्न थालेको हो । यसको मरम्मत संभार गरेर अहिलेको अवस्था सम्म ल्यईपुर्याउन निकै मेहनत गर्नु परेको थियो । अहिले भने स्थानीय र जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायको सक्रियतामा महलको वास्तविक स्वरुपमा परिणत भएको अनुमान लगाउन सकिन्छ । आफ्नी प्रेमिकाको ईच्छा पुरा गर्नकालागि महलको निर्माण गरिएकाले अहिलेका युवा युवतीहरु प्रेमको प्रतीकका रुपमा यस महललाई मान्ने गरेको पाईन्छ । युवा युवतीहरु आफ्नो जीवन सुखसंग विताउने प्रतिवद्धता जाहेर गर्नका लागि उक्त स्थानलाई रोजेको पाईन्छ । शुरु शुरुमा त्यहाँ पुगेर बस्नको लागि निकै समस्या हुने गरेकोमा अहिले भने स्थानीय स्तरबाटै खाने र बस्ने राम्रो ब्यवस्था मिलाएको उक्त क्षत्रमा जाने पर्यटकहरु बताउँछन् ।
       पछिल्लो पटक पाल्पा महोत्सव हेर्न पुगेका भारतीय संचारकर्मीहरुले तानसेनमा रानीमहलको नक्कल गरी बनाइएको आकृतिबाट निकै प्रभावित भएर त्यसका बारेमा जानकारी लिई भारतको एक दैनिक पत्रिकामा रानीमहलका बारेमा प्रकाशित गरेपछि यसको चर्चा अझ बढ्न थालेको थियो । सक्रान्ति, एकादशी, पुर्णिमा लगायतका तिथीमा उक्त क्षेत्रमा स्नान गर्नेहरु पनि त्यत्तिकै रहेका छन्  भने त्यस वरिपरिका वासिन्दाहरु यस क्षत्रलाई घाटको रुपमा पनि प्रयोग गर्ने गर्दछन् । रानीमहलका बारेमा धेरैलाई जानकारी छैन । भारतको आगरामा ताज महल छ भन्ने कुरा धेरैलाई थाहा हुन सक्छ तर नेपालमा रहेको ताजमहल अर्थात रानीमहलका बारेमा कमैलाईमात्र जानकारी छ । यसको प्रमुख कारण हो प्रचार प्रसारमा कमी । नेपालमा भएका पर्यटकीय क्षेत्रको प्रचार प्रसारको कमीले यस्ता पर्यटकीय क्षेत्र हुँदा हँुदै पनि त्यसबाट लाभ उठाउन सकिरहेका छैनौ । अर्को समस्या भनेको भौगोलिक हिसावले विकट स्थानमा अवस्थित रहेकोले त्यहाँ सम्म पुग्नको लागि यातायातको राम्रो सुविधा पनि छैन ।  सुविधा भएको स्थान सम्म पुग्न पनि बर्षादको समयमा वाटो विग्रिने कारणले  पुग्न सकिदैन । यस विषयमा राम्ररी सोंचेर रानीमहल सम्म पुगिने राम्रो सुविधा बनाउन सके पर्यटन क्षेत्रमा यसले उल्लेखनीय भुमिका खेल्न सक्थ्यो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment