नेपाली समाजमा रहेका अनाथ,असाय र गरीबहरुलाई सहयोग गर्ने र युएईमा दु:ख परेका नेपालीहरुको उद्गार गर्ने उद्देश्यले स्थापना भएको पर्वत सेवा समाजको पहिलो महाधिवेशन युएईको वरदुबैमा सम्मपन्न भएको छ । 14 march 2013 मा १५ केन्द्रीय सदस्य गठन गरी मणि भुर्तेलको अध्यक्षतामा आफ्नो कार्य सुरु गरेको पर्वत सेवा समाजले दुई वर्षको कार्य काल पुरा गरी पहिलो महाधिवेशन बाट राजेन्द्र अधिकारी अध्यक्षमा निर्बिरोध निर्वाचित हुनुभएको छ। संस्थापना काल देखी संस्थाको बरिष्ट्र उपाध्यक्ष समाल्दै आउनु भएका नव निर्वाचित अधिकारीको अध्यक्षतामा आठ जना संस्थाका सल्लाकार , दुई जना संरक्षक र २५ जना केन्द्रीय सदस्यमा रहने गरी तदर्थ समिति गठन गरेको छ । संस्थाको प्रथम उपाध्यक्षमा परशुराम पौडेल, उपाध्यक्षहरुमा राम प्रसाद लामिछाने र बिमल केसी, महासचिवमा सरोज जिसी, सचिव कमल लामिछाने, सह-सचिव राजेन्द्र कार्की, कोषाध्यक्ष भिमलाल काफ्ले, सह- कोषाध्यक्ष रुद्र सुवेदी , सदस्यहरु राजु भुर्तेल, सिता पौडेल, गंगा सुवेदी, सरस्वति कार्की , लक्ष्मण कार्की , राजु क्षेत्रि लगाएतका अन्य सदस्यहरु रहेका छन । सल्लाकारमा सुदेश काफ्ले,जगदीश पौडेल, बालाकृष्ण अधिकारी,डिएल शर्मा, कृष्ण भुषाल, गोपी भुषाल, गंगाधर पौडेल र प्रकाश सापकोटा निर्वाचित हुनुभएको छ भने संस्थाको संरक्षकमा खिमानन्द भुर्तेल र संस्थाका पुर्व अध्यक्ष मणि भुर्तेल रहनु छ । बन्द र खुल्ला सत्र गरी दुई चरणमा विभाजित कार्यक्रममा संस्थाको
आयव्याय प्रस्तुत संस्थाका कोषाध्यक्ष परशुराम पौडेलले गर्नु भएको थियो ।
जनतामाझ आयलेख प्रष्ट्र पार्दै पौडेलले अहिले सम्म मृर्गौला पिडीत, अग्नि पिडीत,बाढी पिडीत लगाएत अन्न समाजिक कार्यमा लाखौ रकम सहयोग गरेको पर्वत सेवा समाजसंग हाल भने तिन हजार चार सय ८४ युएई दिराम रहेको बताउनु भएको छ । सोही अवसरमा तिलक सापकोटाको अध्यक्षतामा नौ सदस्य गरी पर्वत सेवा समाज दुबई क्षेत्रीय नयाँ कार्य समिति समेत गठन भएको छ। कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक खिमानन्द भुर्तेलले नयाँ कार्यसमितिले बिगतका राम्रा कामहरुलाई अनुसरण गर्दै कमिकजोरीहरु बाट पाठ सिकी अगाडी बढ्न सुझाब दिदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । आफ्नो कार्यकालको अबधिमा आफुलाई साथ सहयोग गर्नु हुने सबै संस्थाका सदस्यहरु र अन्य समाजिक संस्थाहरु प्रति आभार प्रकट गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति मणि प्रसाद भुर्तेलले आफुले संस्थाको लागि सहयोग गर्न कहिल्यै पनि पछि नपर्ने बताउनु भएको छ । विगत दुई बर्ष देखी अध्यक्षता समाल्दै आउनु भएका भुर्तेलले संस्थालाई अगाडी बढाउन आफ्नो जिम्मेवारी बाट टाढा नरही सधैब समाज सेवामा लाग्ने बताउनु भएको छ । कार्यक्रममा बिशिष्ट्र अतिथि बाल कृष्ण अधिकारी, अतिथिहरु राजु खड्का, हेमन्त पराजुली , कमल पंगेनि लगाएत अन्य सेवा समाजका पदाधिकारीहरुले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई मनोरन्जन दिदै कलाकार हरी डुम्रे र गोपीकृष्ण पंगेनिले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । तिलक सापकोटाको स्वागत मन्तव्य र ससंस्थाका अध्यक्ष मणि भुर्तेलको सभाध्यक्षमा सम्पन्न पहिलो चरणको कार्यक्रम संस्थाका सचिव सरोज जिसीले गर्नु भएको थियो ।।
सरोकार न्युज
0 comments :
Post a Comment