English Edition

आउदैछ, सोनीको सिमकार्ड नअट्ने स्मार्टफोन

स्मार्टफोन बजारमा आफ्नो प्रभुत्व कायम राख्नका लागि लागि जापानी कम्पनी सोनीले केही नयाँ प्रविधिको सहारा लिएको छ । नविनतम प्रविधिको रुपमा सोनीले आफ्नो पहिलो सीमकार्ड नलाग्ने स्मार्टफेान निर्माण गरेको छ । सोनीको एक्सपेरिया जे वान कम्प्याक्ट (डी ५७८८) सोनीको पहिलो सिम फ्रि मोबाइल फोन हो, जुन जापानी उपभोक्ताका लागि लक्षित गरिएको छ । यसमा सीमकार्डको आवश्यकता पर्दैन र स्मार्टफोन आफैले प्रयोगकर्तालाई मोबाइलको नेटवर्क छनोट गर्ने विकल्प प्रदान गर्दछ । आगामी अपि्रल २० मा जापानमा विशेष समारोहका बीच सोनीले यो स्मार्टफोन लन्च गर्नेछ । यद्यपि यो फोनको पि्रअर्डर भने मार्च २७ देखि नै लिइने सोनीले जनाएको छ । सोनीका अनुसार यो स्मार्टफोन एलटीइ कम्युनिकेसन प्ले सिम डिभाइस हो जसमा मोबाइल भर्चुअल नेटवर्क अपरेटर फिचर रहेको हुन्छ । जसले प्रयोगकर्ता रहेको स्थानमा उपलब्ध मोबाइल नेटवर्क छनोट गर्ने सुविधा प्रदान गर्छ । यो स्मार्टफोनमा एन्ड्रोइड ४.४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको छ । यसको ४.३ इन्चको एचडी स्त्रिmन रहेको छ । फोनमा २ गिगाबाइटको र्याम तथा २.२ क्वाडकोर क्लाककोम स्नापड्रागन ८०० प्रोसेसर रहेको छ, जसका माध्यमबाट स्मार्टफोनको गति निकै तिब्र हुने अपेक्षा गरिएको छ । यो फोनका अन्य फिचर्समा १६ जिबीको इन्टरनल मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको माध्यमबाट बढाउन सकिन्छ । क्यामराका लागि प्रसिद्ध कम्पनी सोनीले यो स्मार्टफोनमा २०.७ मेगापिक्सेलको मुख्य क्यामरा र २.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध गराएको छ । यो फोनले फोर जी एलटीइ नेटवर्क सपोर्ट गर्नुका साथै जिपिएस, वाइफाइ, ब्लुटुथ ४.० तथा एनएफसी लगायतका फिचर रहेका छन् । ब्याट्री ब्याकअपको रुपमा यसमा २३ सय मिलि एम्पियरको ब्याट्री रहेको छ । यसको मूल्य ४ सय ५४ अमेरिकी डलर अर्थात् ५४,८०० जापानी येन रहने सोनीले बताएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment