जनक तिमिल्सिना
नेपालमा शान्ति प्रक्रिया सुरु भयो । त्यसले स्पष्ट दिशा तय गरेपछि सलुजा अमेरिकामै रुमल्लिरहन सकिनन् । सन् २०१३ नेपालमै केही गर्ने योजना बनाएर फर्किइन् । जोखिममा रमाउने उनी नेपाल फर्के लगतै आफ्ना श्रीमानसहितको संयुक्त लगानीमा सन् २००७ देखि चलिरहेको आइटी कम्पनी एभिओन्तेको नेपाल अफिसको व्यवस्थापनमा खटिइन् ।
‘४५ सय भन्दा स्टाफ रहेको ब्लुक्रसमा एप्लिकेशन डेभलपरको रुपमा जागिर सुरु गरेकी थिएँ,’ उनले सुनाइन्, ‘त्यही कम्पनीमा पछि क्वालिटी यासोरेस म्यानेजरसम्म बने । त्यहाँ प्राप्त अनुभवले मलाई अहिले यो कम्पनी हाक्न सहज भइरहेको छ ।’
नयाँ बानेश्वरको कृष्ण सदनमा रहेको एभिओन्तेमा ६० जनाभन्दा बढी आइटी इन्जिनियरहरु छन् । सबै नेपालमै पढेका । ‘हाम्रो नेपालमा पनि विश्वस्तरीय प्राविधिक जनशक्ति छ,’ सलुजा अनुभव सुनाउँछिन्, ‘अहिले हामी विश्वस्तरीय सफ्टवेयरहरु विकास गरिरहेका छौं । सबै नेपालकै जनशक्तिको भरमा ।’
उनको कम्पनी अमेरिकामा रहेको आइटी कम्पनी एभिआन्ते (एलएलसी)सँग सम्बन्धित छ । जुन कम्पनीमा एभिआन्तेको ‘सोल आउट सोर्सिङ’ नेपालमा उनी सिइओ रहेको एभिआन्तेले गर्छ । यसको नेपाली वीङ एक्सुलुटस पनि खडा भएको छ ।
उनी यसमा मात्र सीमित रहन चाहदिनन् । ‘आइटीमा न्युमरस अपरचुनिटी छ,’ उनी भन्छिन्, ‘फ्युचर विजनेश अवरचुनिटीहरु पनि केरेट गर्न जरुरी छ ।’ उनी अन्तर्राष्ट्रियस्तरको कुनै प्रोजेक्टमा पनि हात हाल्ने योजना बनाइरहेकी छन् ।
अमेरिकाको सेन्ट क्लाउण्डबाट डिप्लो गरेकी उनी बाहिरी आवरण जति सुन्दर देखिन्छिन, पर्सनालिटीमा त्यत्तिकै कन्फिडेन्ट पनि छिन् । यस्तो आत्मविश्वास उनलाई अमेरिका बसाइँले सिकाएको हो । ‘इन्डिपेन्डेन्ट अमेरिकनहरुबाट मैले सिकें,’ उनले भनिन्, ‘अमेरिकाले मलाई सबैभन्दा धेरै कन्फिडेन्ट हुन पनि सिकायो ।’ उनी अमेरिकालाई अपरचुनिटी फैलाएर राखिदिएको देश मान्छिन् । व्यक्तिलाई फैलनका लागि दिइने खास स्पेश छ अमेरिकामा । यतिमात्र होइन, अरुलाई प्रसंशा गर्न पनि अमेरिकन कल्चरले सिकाउँछ ।
२०४९ सालमा १६ वर्षको उमेरमा फष्ट डिभिजनमा एसएलसी गरेकी उनलाई उनका बुवाआमा डाक्टर बनाउन चाहन्थे । उनले त्यसैका लागि भनेर काठमाडौं विश्वविद्यालयको कलेज अफ साइन्समा आइएस्सी पढ्न थालिन् । २०५१ सालमा ६८ प्रतिशत अंक ल्याएर उनले आइएस्सी सकिन् । एमबीबीएसको इन्ट्रान्सको तयारीकै समयमा उनको साक्षात्कार कम्प्युटरसँग भयो, त्यतिनै बेला कम्प्युटरले उनको मनलाई डाक्टर बन्ने सपनाबाट आफूतिर तानिदियो ।
‘त्यो बेला धेरै कम्प्युटर थिएन । इन्ट्रान्सको बेला कम्प्युटर सिक्ने अवसर पाएँ, मलाई एमबीबीएस ठीक विषय होइन भन्ने लाग्न थाल्यो,’ उनी आइटीतिर मोडिनुको कारण सुनाउँछिन्, ‘त्यसपछि एमबीबीएसमा नाम ननिस्के हुन्थ्यो भन्ने लाग्न थाल्यो ।’ एमबीबीएसको इन्ट्रान्सको रिजल्ट उनको मनकै कुरा पूरा गरिदियो । नाम निस्किएन ।
सलुजाले कम्प्युटर पढ्नका लागि विदेश जाने तयारी थालिन् । सन् १९९५ को फेब्रअरीमा उनले अमेरिका जाने तयारी पूरा भयो । मिनिसोटाको लुथर कलेजमा कम्प्युटर साइन्स पढ्न अमेरिका हानिइन् । सलुजा अमेरिका उड्दा उनका बुवाको अनुहारमा एक्ली छोरी विग्रेला कि भन्ने चिन्ता छाएको थियो रे ।
‘तर, आमाले एकदमै ट्रष्ट गर्नुहुन्थ्यो,’ उनले भनिन् । वुवाको विश्वासलाई उनले कहिल्यै नाघिनन् । अमेरिकाको लुथर कलेजमा सुरुका ६ महिना निकै संघर्षमय रहे । प्राइभेट कलेजको महंगो फि पनि तिर्नै नसक्ने अवस्था सिर्जना हुन थाल्यो । यसले उनलाई एकदमै निचोरेको जस्तो अनुभव गरायो । अमेरिका बसाइँको सुरुवाती अनुभव सुनाउँछिन्, ‘रुने ठाउँमा रोइयो । हाँस्ने ठाउँमा हाँसियो ।’ थेग्नै नसक्ने भएपछि उनले ६ महिनामै कलेज बदलेर सेन्ट क्लाउड पुगिन् ।
लुथरको तुलनामा पब्लिक कलेज भएकाले सेन्ट क्लाउडमा धेरै अवसरहरु थिए । काम गर्न सहज थियो, त्यहाँको दायरा फराकिलो थियो । फरासिला मान्छेहरु भेटिए, जोसँग उनी रमाउन सक्थिन् । उनले त्यहीबाट सन् १९९९ को मेमा विजनेश कम्प्युटर सिष्टममा डिप्लोमा सकिन् । चार वर्ष सेन्ट क्लाउडमा रहँदा उनले डिप्लोमा डिग्री मात्र हासिल गरिनन्, विजनेश र इन्फर्मेशनको महत्वलाई बुझ्ने मौका पाइन् ।
‘पहिले कम्प्युटर इन्जिनियर बन्ने सोच थियो,’ उनी भन्छिन्, ‘पछि इन्फर्मेशन र विजनेश मिसाउन सक्दा सबैभन्दा उत्कृष्ट हुने ठाने ।’ सेन्ट क्लाउड रहँदा उनले प्रिन्टिङ प्रेशमा पम्पलेटहरुको बण्डल सार्ने, खामभित्र लेटर प्याक गर्ने, हाउसकिपिङजस्ता कामहरु गरिन् । ‘सुरुमा नाइट सिफ्टको काम हुँदा ४÷५ घण्टामात्र सुतेर पनि काम गरें ।’
सेन्ट क्लाउडबाट ग्राजुयसन पनि सिद्धियो । र, ठीक त्यही बेला विभिन्न तीन कम्पनीले करिअर फेयरको आयोजना गरे सेन्ट क्लाउडमै । आफ्नो कम्पनीमा इन्टर्न गर्नका लागि सेन्ट क्लाउडका ग्राजुयटहरुको अन्तवार्ता मार्फत छान्थे । त्यही समय नै उनको करिअरको टर्निङ प्वाइन्ट बन्यो । उनले एप्लिकेशन डेभलपरका रुपमा ब्लुक्रस प्रवेश गरिन् । त्यसपछि विभिन्न पदहरुमा उनले करिब १५ वर्षको अनुभव संगालिन् ।
सन्दीप आचार्यसँग आइएस्सी पढ्दाखेरि अंकुराएको प्रेम जीवनलाई ८ वर्षपछि विवाहमा परिणत गरिन् उनले । अहिले उनीहरुका दुई सन्तान छन् । दुवै सन्तान अमेरिकामै जन्मिएका हुन् । जसलाई सलुजा नेपाली बनाउन चाहन्छिन् । त्यसैले उनका दुवै सन्तानको पढाइ नेपालमै भइरहेको छ । ‘अमेरिका छोड्ने निर्णय गर्नुको एउटा कारण छोराहरुलाई नेपालमा हुर्काउनका लागि पनि हो,’ उनी भन्छिन् । साथै उनका व्यवसायी ससुरा कृष्ण आचार्यले पनि नेपालमै केही गर्नका लागि प्रेरित गरे । जो नेपाल फर्कने तेस्रो कारण बन्यो ।
लामो अमेरिका बसाइँमा अवसरहरुलाई राम्रोसँग चिनेकी सलुजा विदेश अवसरहरुलाई चटक्कै छाड्न गाह्रो हुने बताउँछिन् । ‘नेपालमा आएर एकपटक सेक्रिफाइस गर्ने प्रयत्न चाहिँ गर्नुपर्छ,’ सलुजा थप्छिन्, ‘सफल भइएला वा नभइएला । तर, त्यसले लाइफ चेन्जिङ इभेन्ट बनाउ“छ, नेपाललाई अर्को लेबलमा पुर्याउन सके ।’
त्यसले आफूलाई अरु धेरै सफलताहरुभन्दा फरक हुने ठान्छिन् उनी । ‘हामीले हातेमालो ग¥यो भने चीन र भारतजस्तै हामी पनि माथिमाथि पुग्न सक्छौं ।’ दुई वर्षे बसाइँमा नेपालमा उतिकै अवसर र चुनौतीहरुसँग रमाइरहेकी सलुजा यो क्रमशः लाइफस्टाइलमा बदलिने बताउँछिन् । सलुजालाई अनुभव छ– नेपालमा अमेरिकाभन्दा काम गर्ने तरिका भिन्न छ तर, काम गर्न नसक्ने अवस्था चाहिँ छैन ।
सलुजाकै शब्दमा, ‘नेपालमा काम गर्ने गरी फर्कने नेपालीले १ वर्ष नेपालमा बस्नैपर्छ । सेक्रिफाइस गर्ने हो भने ५ वर्षको योजना बनाएर आउनुपर्छ, त्यो ५ वर्षमा होम कन्ट्रीका आफ्नो अनुभव इम्पिलिमेन्ट गर्न सकिन्छ ।’
मिनीसोटाको ब्लूक्रस ब्लुशिल्डको अफिसरको वार्षिक एक लाख बढी अमेरिकी डलरको जागिर । जसमा अझ थपिन्थ्यो, बोनस, इन्स्युरेन्स र अन्य सुविधाहरु । अमेरिकी जीवनशैली र परिवेश । उस्तै खानपान र सुविधा । ३९ वर्षीया सलुजा आचार्यसँग दुई वर्ष अगाडि यस्तै जिन्दगी थियो । धेरैको सपना नगरी अमेरिकाको प्रतिष्ठित हेल्थ इन्स्युरेन्स कम्पनी ब्लूक्रसले उनको क्षमतालाई अझ वृद्धि गर्दै उच्च तहमा पुग्ने र फैलिने अवसर पनि खुल्लै राखिदिएको थियो ।
तर, सन् २०१३ को अक्टोबरमा २० वर्ष लामो अमेरिका बसाइँ र सबै सुविधाहरु लत्याउँदै सलुजाले परिवारका साथ आफ्ना ब्यागहरु प्याक गरिन । कतिपयले त उनलाई भने, ‘के गर्न नेपाल जाने ? कतै पागल त भइनौं ?’ यो उनले हतारमा लिएको निर्णय थिएन । जब २० वर्षअघि लुथर कलेजमा कम्प्युटर साइन्स पढ्न उनी अमेरिकाका लागि उडेकी थिइन् । त्यति नै बेला उनले केही वर्ष अमेरिकामा पढ्ने, सिक्ने, अनुभव बटुल्ने, नेपाल फर्किने र आफ्नै देशमा केही गर्ने उद्देश्य सेट गरिसकेकी थिइन् ।
अमेरिका पुगेपछि सलुजाको बसाइँ केही वर्ष लम्बियो । बसाइँ लम्बिनुका कारणहरु पनि छन् । उसो त १२ वर्ष अगाडि पनि उनले यो निर्णय लिइसकेकी थिइन्, सन् २००२ मा । त्यो बेला नेपालमा माओवादी जनयुद्व चुलीमा थियो । घरपरिवारले उनको फर्कने निर्णयलाई केही समयका लागि सार्न आग्रह गर्यो । परिवारको आग्रहलाई स्वीकार्दै सलुजाले काठमाडौं झारेका ब्याग फेरि अमेरिकामै पुर्याइन ।
अमेरिका पुगेपछि सलुजाको बसाइँ केही वर्ष लम्बियो । बसाइँ लम्बिनुका कारणहरु पनि छन् । उसो त १२ वर्ष अगाडि पनि उनले यो निर्णय लिइसकेकी थिइन्, सन् २००२ मा । त्यो बेला नेपालमा माओवादी जनयुद्व चुलीमा थियो । घरपरिवारले उनको फर्कने निर्णयलाई केही समयका लागि सार्न आग्रह गर्यो । परिवारको आग्रहलाई स्वीकार्दै सलुजाले काठमाडौं झारेका ब्याग फेरि अमेरिकामै पुर्याइन ।
नेपालमा शान्ति प्रक्रिया सुरु भयो । त्यसले स्पष्ट दिशा तय गरेपछि सलुजा अमेरिकामै रुमल्लिरहन सकिनन् । सन् २०१३ नेपालमै केही गर्ने योजना बनाएर फर्किइन् । जोखिममा रमाउने उनी नेपाल फर्के लगतै आफ्ना श्रीमानसहितको संयुक्त लगानीमा सन् २००७ देखि चलिरहेको आइटी कम्पनी एभिओन्तेको नेपाल अफिसको व्यवस्थापनमा खटिइन् ।
अहिले एभिओन्ते प्रमुख कार्यकारी अधिकृतका रुपमा उनले कम्पनीको सम्पूर्ण व्यवस्थापन जिम्मा आफैले लिएकी छन् । यसअघि एभिओन्तेको ब्यवस्थापन उनका श्रीमान सन्दीप आचार्यले गरेका थिए ।
सन्दीपले सम्हालिरहेको मुख्य कम्पनीको मुख्य ब्यवस्थापनको जिम्मेवारी सम्हाल्न उनलाई अमेरिकाको ब्लुक्रसको १५ वर्ष लामो जागिरका क्रममा हासिल गरेको अनुभवले सहयोग गर्यो ।
सन्दीपले सम्हालिरहेको मुख्य कम्पनीको मुख्य ब्यवस्थापनको जिम्मेवारी सम्हाल्न उनलाई अमेरिकाको ब्लुक्रसको १५ वर्ष लामो जागिरका क्रममा हासिल गरेको अनुभवले सहयोग गर्यो ।
‘४५ सय भन्दा स्टाफ रहेको ब्लुक्रसमा एप्लिकेशन डेभलपरको रुपमा जागिर सुरु गरेकी थिएँ,’ उनले सुनाइन्, ‘त्यही कम्पनीमा पछि क्वालिटी यासोरेस म्यानेजरसम्म बने । त्यहाँ प्राप्त अनुभवले मलाई अहिले यो कम्पनी हाक्न सहज भइरहेको छ ।’
नयाँ बानेश्वरको कृष्ण सदनमा रहेको एभिओन्तेमा ६० जनाभन्दा बढी आइटी इन्जिनियरहरु छन् । सबै नेपालमै पढेका । ‘हाम्रो नेपालमा पनि विश्वस्तरीय प्राविधिक जनशक्ति छ,’ सलुजा अनुभव सुनाउँछिन्, ‘अहिले हामी विश्वस्तरीय सफ्टवेयरहरु विकास गरिरहेका छौं । सबै नेपालकै जनशक्तिको भरमा ।’
उनको कम्पनी अमेरिकामा रहेको आइटी कम्पनी एभिआन्ते (एलएलसी)सँग सम्बन्धित छ । जुन कम्पनीमा एभिआन्तेको ‘सोल आउट सोर्सिङ’ नेपालमा उनी सिइओ रहेको एभिआन्तेले गर्छ । यसको नेपाली वीङ एक्सुलुटस पनि खडा भएको छ ।
उनी यसमा मात्र सीमित रहन चाहदिनन् । ‘आइटीमा न्युमरस अपरचुनिटी छ,’ उनी भन्छिन्, ‘फ्युचर विजनेश अवरचुनिटीहरु पनि केरेट गर्न जरुरी छ ।’ उनी अन्तर्राष्ट्रियस्तरको कुनै प्रोजेक्टमा पनि हात हाल्ने योजना बनाइरहेकी छन् ।
अमेरिकाको सेन्ट क्लाउण्डबाट डिप्लो गरेकी उनी बाहिरी आवरण जति सुन्दर देखिन्छिन, पर्सनालिटीमा त्यत्तिकै कन्फिडेन्ट पनि छिन् । यस्तो आत्मविश्वास उनलाई अमेरिका बसाइँले सिकाएको हो । ‘इन्डिपेन्डेन्ट अमेरिकनहरुबाट मैले सिकें,’ उनले भनिन्, ‘अमेरिकाले मलाई सबैभन्दा धेरै कन्फिडेन्ट हुन पनि सिकायो ।’ उनी अमेरिकालाई अपरचुनिटी फैलाएर राखिदिएको देश मान्छिन् । व्यक्तिलाई फैलनका लागि दिइने खास स्पेश छ अमेरिकामा । यतिमात्र होइन, अरुलाई प्रसंशा गर्न पनि अमेरिकन कल्चरले सिकाउँछ ।
‘कुनै लेभलमा पुगेर एचिभमेण्ट हासिल गरेपछि त्यसलाई फुल्ली रेकगनाइज गर्नुपर्छ । खुट्टा तान्नु हुँदैंन, आरिष गर्नु हुँदैन भन्ने अमेरिकाले सिकाउ“छ,’ हालैको एक मध्यान्ह उनले आफ्नो अमेरिकी अनुभव सुनाइन् । काठमाडौंमा २०३३ सालमा जन्मिएकी हुन् सलुजा । उनका बुवा शान्तनु भण्डारी तत्कालीन शाही नेपाल वायु सेवामा सरकारी जागिरे थिए र आमा मनोहर भण्डारी सरकारी शिक्षिका । आमाबुबा दुवै शिक्षित भएकाले सलुजाको पढाइ र फैलावटमा रोक लागेन । उनले सिद्धार्थ बनस्थलीबाट प्राथमिक शिक्षा पूरा गरिन् । माध्यमिकस्तरको शिक्षा मञ्जुश्री स्कुल स्वयम्भुबाट पूरा गरिन् ।
२०४९ सालमा १६ वर्षको उमेरमा फष्ट डिभिजनमा एसएलसी गरेकी उनलाई उनका बुवाआमा डाक्टर बनाउन चाहन्थे । उनले त्यसैका लागि भनेर काठमाडौं विश्वविद्यालयको कलेज अफ साइन्समा आइएस्सी पढ्न थालिन् । २०५१ सालमा ६८ प्रतिशत अंक ल्याएर उनले आइएस्सी सकिन् । एमबीबीएसको इन्ट्रान्सको तयारीकै समयमा उनको साक्षात्कार कम्प्युटरसँग भयो, त्यतिनै बेला कम्प्युटरले उनको मनलाई डाक्टर बन्ने सपनाबाट आफूतिर तानिदियो ।
‘त्यो बेला धेरै कम्प्युटर थिएन । इन्ट्रान्सको बेला कम्प्युटर सिक्ने अवसर पाएँ, मलाई एमबीबीएस ठीक विषय होइन भन्ने लाग्न थाल्यो,’ उनी आइटीतिर मोडिनुको कारण सुनाउँछिन्, ‘त्यसपछि एमबीबीएसमा नाम ननिस्के हुन्थ्यो भन्ने लाग्न थाल्यो ।’ एमबीबीएसको इन्ट्रान्सको रिजल्ट उनको मनकै कुरा पूरा गरिदियो । नाम निस्किएन ।
सलुजाले कम्प्युटर पढ्नका लागि विदेश जाने तयारी थालिन् । सन् १९९५ को फेब्रअरीमा उनले अमेरिका जाने तयारी पूरा भयो । मिनिसोटाको लुथर कलेजमा कम्प्युटर साइन्स पढ्न अमेरिका हानिइन् । सलुजा अमेरिका उड्दा उनका बुवाको अनुहारमा एक्ली छोरी विग्रेला कि भन्ने चिन्ता छाएको थियो रे ।
‘तर, आमाले एकदमै ट्रष्ट गर्नुहुन्थ्यो,’ उनले भनिन् । वुवाको विश्वासलाई उनले कहिल्यै नाघिनन् । अमेरिकाको लुथर कलेजमा सुरुका ६ महिना निकै संघर्षमय रहे । प्राइभेट कलेजको महंगो फि पनि तिर्नै नसक्ने अवस्था सिर्जना हुन थाल्यो । यसले उनलाई एकदमै निचोरेको जस्तो अनुभव गरायो । अमेरिका बसाइँको सुरुवाती अनुभव सुनाउँछिन्, ‘रुने ठाउँमा रोइयो । हाँस्ने ठाउँमा हाँसियो ।’ थेग्नै नसक्ने भएपछि उनले ६ महिनामै कलेज बदलेर सेन्ट क्लाउड पुगिन् ।
लुथरको तुलनामा पब्लिक कलेज भएकाले सेन्ट क्लाउडमा धेरै अवसरहरु थिए । काम गर्न सहज थियो, त्यहाँको दायरा फराकिलो थियो । फरासिला मान्छेहरु भेटिए, जोसँग उनी रमाउन सक्थिन् । उनले त्यहीबाट सन् १९९९ को मेमा विजनेश कम्प्युटर सिष्टममा डिप्लोमा सकिन् । चार वर्ष सेन्ट क्लाउडमा रहँदा उनले डिप्लोमा डिग्री मात्र हासिल गरिनन्, विजनेश र इन्फर्मेशनको महत्वलाई बुझ्ने मौका पाइन् ।
‘पहिले कम्प्युटर इन्जिनियर बन्ने सोच थियो,’ उनी भन्छिन्, ‘पछि इन्फर्मेशन र विजनेश मिसाउन सक्दा सबैभन्दा उत्कृष्ट हुने ठाने ।’ सेन्ट क्लाउड रहँदा उनले प्रिन्टिङ प्रेशमा पम्पलेटहरुको बण्डल सार्ने, खामभित्र लेटर प्याक गर्ने, हाउसकिपिङजस्ता कामहरु गरिन् । ‘सुरुमा नाइट सिफ्टको काम हुँदा ४÷५ घण्टामात्र सुतेर पनि काम गरें ।’
सेन्ट क्लाउडबाट ग्राजुयसन पनि सिद्धियो । र, ठीक त्यही बेला विभिन्न तीन कम्पनीले करिअर फेयरको आयोजना गरे सेन्ट क्लाउडमै । आफ्नो कम्पनीमा इन्टर्न गर्नका लागि सेन्ट क्लाउडका ग्राजुयटहरुको अन्तवार्ता मार्फत छान्थे । त्यही समय नै उनको करिअरको टर्निङ प्वाइन्ट बन्यो । उनले एप्लिकेशन डेभलपरका रुपमा ब्लुक्रस प्रवेश गरिन् । त्यसपछि विभिन्न पदहरुमा उनले करिब १५ वर्षको अनुभव संगालिन् ।
सन्दीप आचार्यसँग आइएस्सी पढ्दाखेरि अंकुराएको प्रेम जीवनलाई ८ वर्षपछि विवाहमा परिणत गरिन् उनले । अहिले उनीहरुका दुई सन्तान छन् । दुवै सन्तान अमेरिकामै जन्मिएका हुन् । जसलाई सलुजा नेपाली बनाउन चाहन्छिन् । त्यसैले उनका दुवै सन्तानको पढाइ नेपालमै भइरहेको छ । ‘अमेरिका छोड्ने निर्णय गर्नुको एउटा कारण छोराहरुलाई नेपालमा हुर्काउनका लागि पनि हो,’ उनी भन्छिन् । साथै उनका व्यवसायी ससुरा कृष्ण आचार्यले पनि नेपालमै केही गर्नका लागि प्रेरित गरे । जो नेपाल फर्कने तेस्रो कारण बन्यो ।
लामो अमेरिका बसाइँमा अवसरहरुलाई राम्रोसँग चिनेकी सलुजा विदेश अवसरहरुलाई चटक्कै छाड्न गाह्रो हुने बताउँछिन् । ‘नेपालमा आएर एकपटक सेक्रिफाइस गर्ने प्रयत्न चाहिँ गर्नुपर्छ,’ सलुजा थप्छिन्, ‘सफल भइएला वा नभइएला । तर, त्यसले लाइफ चेन्जिङ इभेन्ट बनाउ“छ, नेपाललाई अर्को लेबलमा पुर्याउन सके ।’
त्यसले आफूलाई अरु धेरै सफलताहरुभन्दा फरक हुने ठान्छिन् उनी । ‘हामीले हातेमालो ग¥यो भने चीन र भारतजस्तै हामी पनि माथिमाथि पुग्न सक्छौं ।’ दुई वर्षे बसाइँमा नेपालमा उतिकै अवसर र चुनौतीहरुसँग रमाइरहेकी सलुजा यो क्रमशः लाइफस्टाइलमा बदलिने बताउँछिन् । सलुजालाई अनुभव छ– नेपालमा अमेरिकाभन्दा काम गर्ने तरिका भिन्न छ तर, काम गर्न नसक्ने अवस्था चाहिँ छैन ।
सलुजाकै शब्दमा, ‘नेपालमा काम गर्ने गरी फर्कने नेपालीले १ वर्ष नेपालमा बस्नैपर्छ । सेक्रिफाइस गर्ने हो भने ५ वर्षको योजना बनाएर आउनुपर्छ, त्यो ५ वर्षमा होम कन्ट्रीका आफ्नो अनुभव इम्पिलिमेन्ट गर्न सकिन्छ ।’
नेपालीपात्राबाट ....
0 comments :
Post a Comment