अहिले सामाजिक सञ्जाल धेरै कुरा पोख्ने र लेख्ने एउटा राम्रो माध्यम बनेको छ । जनताले आफुलाई लागेको जे जस्तो कुराहरु पनि फेसवुक मार्फत भन्न सक्छन् । झन कलाकारहरुको लागि त यो एउटा महत्वपुर्ण माध्यम नै हो । यही सामाजिक सञ्जालमा नायक सबिन श्रेष्ठले आफनो प्रेम तोडिएको र अरुको बारेमा जे मन लाग्यो त्यही नबोल्नु भन्ने एउटा स्टाटस लेखेका छन् ।
आफनो पुर्व प्रेमिका नम्रता झालाई नायक श्रेष्ठले आफुले करिब दुई वर्ष देखि कुनै एसएमएस र फोन पनि नगरेको र उसको बारेमा कसैसँग कुनै कुरा पनि नगरेको भन्दै उसले आफनो बारेमा पनि दुनियां सँग आफनो बारेमा कुनै पनि कुरा नर्गन भनेर फेसवुक मार्फत आग्रह गरेका छन् । उनले आफनो पुर्वप्रेमिकालाई आफनो आफनो जीवनमा कुनै इन्टरफेयर नर्गन समेत चेतावनी दिएका छन् ।
यी दुई जोडिको एकताका बिहे हुने चर्चा समेत नचलेको होइन । इन्गेजमेन्ट समेत गरेर बिहे गर्न नसकेका यी जोडिले आफनो सम्बन्धलाई बिचमा नै फुलस्टप लगाएका थिए ।
0 comments :
Post a Comment