English Edition

एपिएफ र त्रिभुवन आर्मी भिड्ने राष्ट्रिय क्रिकेटको उपाधिका लागि


राष्ट्रिय क्रिकेटको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लब त्रिभुवन आर्मी क्लबबीच भिडन्त हुने भएको छ। एपिएफ वीरगन्ज र त्रिभुवन आर्मी बैतडीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।
पुल्चोक इन्जिनियरिङ कलेज मैदानमा सोमबार भएको सेमिफाइनलमा क्षेत्र नम्बर २ वीरगन्जलाई ७ विकेटले पराजित गर्दै एपिएफ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। टस जितेर पहिले फिल्डिङ रोजेको एपिएफले आरिफ शेखको उत्कृष्ट बलिङको मद्दतले वीरगन्जलाई १ सय ३४ रनमा अलआउट गरेको थियो। १० ओभर बलिङ गरेका शेखले क्रममा एक ओभर मेडन राख्दै ३८ रन खर्चेर पाँच विकेट लिएका थिए। वीरगन्जका लागि अनिल साहले ४०, सुरजप्रसाद कुर्मीले २८ र रामनरेश गिरीले १७ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
जवाफमा १ सय ३५ रनको चुनौती एपिएफले १८ ओभर खेल्दै ३ विकेटको क्षतिमा पूरा गरेको थियो। एपिएफका लागि ओपनर सुवास खकुरेलले ७१ रनको महत्त्वपूर्ण पारी खेले भने प्रदीप ऐरीले पनि ३४ रन बनाएका थिए।
कीर्तिपुर क्रिकेट मैदानमा भएको सोमबार भएको खेलमा त्रिभुवन आर्मीले क्षेत्र नम्बर ६ बैतडीलाई १ सय १८ रनले हरायो। महेश क्षेत्री र अनिल मण्डलले पहिलो विकेटका लिग २ सय ४७ रनको कीर्तिमानी साझेदारी गरेपछि आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २९ रन बनाएको थियो। क्षेत्रीले १ सय ३४ तथा अनिल मण्डलले १ सय २८ रन बनाएका थिए।
जवाफमा ३ सय ३० रनको विशाल लक्ष्य पछ्याएको बैतडीले ३७ औँ ओभरमा अलआउट हुँदै २ सय ११ रन मात्र बनाउन सक्यो। सुरुवात राम्रो गर्न नसकेको बैतडीले लगातार विकेट गुमाएको थियो। पुछारका ब्याट्सम्यान प्रशान्त विष्ट र वसन्त खत्रीले विस्फोटक ब्याटिङ गर्दै नवौं विकेटका लागि १ सय ६ रनको साझेदारी गरेका थिए। ४५ बल खेलेका विष्टले पाँच चौका र तीन छक्काको मद्दतले ६२ रन बनाए भने ३० बल खेलेका खत्रीले ५३ रन जोडेका थिए।
Setopati
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment