स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ। आइतबार राति भएको खेलमा २–१ को जित जिकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियलसँगको दुरी ४ अंकमा छोट्याएको छ।
खेलको १९ औं मिनेटमा म्याथ्युले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए । लिओनल मेस्सीको फ्रि किक बलमा म्याथुले हेड गोल गरेका हुन्।
३१ औं मिनेटमा बेन्जिमाको ब्याकपासमा पासमा रोनाल्डोले बार्साका लागि बराबरी गोल गरे।
तर, ५६ औं मिनेटमा स्वारेलले गोल गर्दै खेलमा अग्रता कायमै राखे। ड्यानी अल्भेसको लामो पासमा लाई उत्कृष्ट रुपमा नियन्त्रणमा लिँदै उनले गोल गरे ।
जितपछि बार्सिलोनाको २८ खेलबाट ६८ अंक भएको छ भने समान खेल खेलेको रियल मड्रिड ६४ अंकका साथ दोस्रो स्थानमा छ।
Setopati
0 comments :
Post a Comment