English Edition

यामाहा मिस नेवा पोखरा ११३५ को ट्यालेण्ट राउण्ड सम्पन्न



                                                                                   पोखरा, २ चैत्र
नेवा खलः कास्कीले पाँचौ पटक पोखरामा यामाहा मिस नेवाः पोखरा ११३५ को प्रतिभा प्रस्फुटन कार्यक्रम सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी १७ जना प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहित प्रतिभालाई प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिस्पर्धीहरु सगुन जोशी, आशा श्रेष्ठ, प्रिंयका जोजिजु, स्वस्तिका श्रेष्ठ ले नेवारी गीतमा नृत्य गरेका थिए । यसैगरि सुलोचना शाक्यले नेवारी समुदायमा प्रचलित तर लोपोन्मुख प्राचिन मञ्जुश्री नाच, श्रीया श्रेष्ठले मालाश्री धुनमा शास्त्रिय नाच, श्रीया बुद्धाचार्य र रिक्का मर्सानीले जिवित देबीका रुपमा पुजिने कुमारीको नाच प्रस्तुत गरेका थिए । अन्य प्रतिस्पर्धीहरुमा पुष्पा श्रेष्ठ, कृपा कतिला, बिभुषा नकर्मी, कञ्चन श्रेष्ठले बक्तृत्व कला प्रस्तुत गरेका थिए । यसैगरि सारा बजिमयले बाँसुरी बादन तथा मञ्जु ताम्राकारले खिन बजाएका थिए भने निलिमा श्रेष्ठले कविता र नविना श्रेष्ठले गीत गाएका थिए । 
कार्यक्रममा बोल्दै नेवा खल कास्कीका अध्यक्ष  अशोक पालिखेले नेवारी मौलिक सँस्कृति, भाषा, भेषभुषा, कला रहनसहनको संरक्षण सम्बद्र्धन र नेवार समुदायका युवतीहरुलाई यसवारे अवगत गराउदै, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सो अवसरमा कार्यक्रमका संयोजक बिक्रम उदासले भाषा र संस्कृति नै हरेक जातीको मुल पहिचान हुने हुँदा यसको जगेर्ना गर्न घरपरिवारमा आफ्नै मातृभाषा बोल्नुपर्ने र संस्कृतिको बारेमा आफ्ना सन्ततीलाई पनि जानकारी गराउनुपर्ने कुरामा जोड दिनुभयो ।  कार्यक्रममा नेवा खलः कास्कीका महासचिब प्रदिप रञ्जित, पुर्व मिस नेवाका मिस ट्यालेण्ट टाइटल बिजेता बिनिषा कायस्थ र धर्मशिला बुद्ध बिहार दायक सभाका अध्यक्ष कृष्णमान गुभाजु निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन सुप्रिमा श्रेष्ठ र सुस्मिता श्रेष्ठले गरेका थिए । 
आउदो चैत्र ७ गते शनिबार पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुने मिस नेवाः पोखरा ११३५ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । यसरी नै बेष्ट कम्प्लेक्शन, बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस टाइतलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्रदान गरिने छ ।  कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ । 


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment