तीर्थराज पाण्डेयको जन्म २०३६र१९७९ असौज ३० का दिन पाटन २, बैतडी महाकालीमा पिता लक्ष्मीदत्त पाण्डेय र माता सरस्वती पाण्डेयको कोखबाट जन्म भएको हो । सुदुर पश्चिमका कवि ‘आँसु’ भारत, दक्षिण कोरिया, बेलायत, जापान, थाइल्यान्ड, अमेरिकाका विभिन्न स्टेटमा घुमिसकेका छन् । हाल अमेरिकाको वाल्टिमोरमा छन् । उनी अनेसास बाल्टिमोर च्याप्टरका अध्यक्ष हुन् । उनका प्रकाशित कृति हुन् ः १) आमाको सपना (खण्ड काव्य) २) सविता (खण्ड काव्य) ३) चिरायु (उपन्यास) सविता खण्ड काव्य २०६४ मा अनेसास केन्द्रबाट छापिएको हो । यसमा शिवप्रसाद सत्याल ‘पीठ’को भूमिका र मोहन सिटौलाका प्रकाशकीय छन् । सविता, मुनामदन जस्तै झ्याउरे र त्यस्तै प्रेमको वियोगान्त कथा हो । फरक के छ भने यसमा सविता दलित हो र ऊ मुना जस्तो पहिले मर्दिन पछि बसिनसक्नु भए पछि झुन्डिएर मर्छे । लेखकीयमा लेखकको नै आत्मस्वीकृति छ कि यो नारीवादी काव्य बनाउन खोजिएको छ । नारी माथि भएको दमनको विरुद्ध लेखिएको काव्य हो । त्यति हैन यो जातीय विभेदको विरुद्ध लेखिएको काव्य पनि हो भन्न यसको यो पहिलो पंक्तिले नै प्रमाण दिन्छ । न गर्नु भेद न गर्नु भाव जातीय नामले ज्ञानको दियो के बाल्न सक्थें म दुःखी गाउँले । – सज्जन वर्गप्रति आकार पनि मुनामदन जस्तै छ । सुरुमा यौटा मंगलाचरण जस्तो छ अरु १० पाठ छन् । यसरी ११ परिच्छेद भन्न सकिन्छ । नारीका पीडा, श्रम शोषण, पुरुषको र जातीय दमनको बीचमा मृत्युले पनि धोका दिए पछि जीवन त त्यसै जहर भो । यो कथ्यले काव्य कारुणिक बनाएको छ । ‘चिरायु’ उपन्यास—‘चिरायु’ उपन्यास २०६६र२००९ मा अनेसास वाल्टिमोरबाट प्रकाशित भएको हो । यसमा प्रा। डा। दुर्गा प्रसाद भण्डारीको गहकिलो भूमिका छ । उनको भनाइमा उत्तर आधुनिक पदावलिमा यो कृति पर्न सक्छ भनेर उनले लेखेका छन् । उत्तर आधुनिकतावादका प्रवर्तक नित्से हाइडेगर, रोनाल्ड वार्थ, डेरिडा, मिसेलफुको, हयावरम्यास हुन् भन्छन् तर उनी यसमा निर्णायक मत दिन हिच्किचाउँदै लेख्छन् नित्सेले विउ छरे अरुले त्यसको मीमाम्सा गरेका छन् । कुनै सिर्जनाहरुले पुरानो मूल्य तोडेर नयाँ तरिकाले आउन थाले पछि त्यसमा सिद्धान्तको पनि पुनर्व्याख्या हुनु स्वाभाविक कुरा हो । उनी ‘चिरायु’ लाई उत्तर आधुनिक घेरा भित्र पर्छ कि भन्ने मत दुर्गा प्रसाद भण्डारीले भूमिकामा लेखेका छन् ९चिरायुको भूमिका० । सिर्जना मूल्यवान् हुन कसैको वादको गुलामी गर्नु पर्दैन यदि सिर्जनाले नयाँ नयाँ अनुभूतिहरुको उजागार गर्छ भने त्यो स्वतः लोकप्रिय हुन्छ । हो कतिपय नयाँ प्रविधि र दर्शनमा आधारित कृति पाठकको पहुँच भन्दा माथि हुन्छन् । पाठकको वस्तुको ज्ञानको सीमा भन्दा दूर भएकाले अलोकप्रिय भए पनि तिनका पाठकलाई प्रशिक्षित गर्नुपर्ने हुन्छ । त्यो कृतिको स्तर र पाठकको वर्गले पनि भिन्नता ल्याउँछ । तीर्थको यो कृतिमा सरलता पनि छ र डायस्पोरिक चरित्रको चित्रण पनि छ । तुलना समीर समिकाको घर पहिलो पटक जान्छ । त्यस वेला समिका उनका २ वटा कुकुर म्यूरा र न्यूरा २ वटालाई देखाउँदै भन्छे — ऊ त्यो कोठा यी म्यूरा र न्यूराको हो । त्यस वेला यौटा नेपाली ठिटो समिरले सोच्छ यी म्यूरा र न्यूरा भन्दा त हाम्रा मुसा नै ठूला हुन्छन् । यो तुलनीय र रमणीय अनुभूतिको अभिव्यक्तिमा अनुपम सौन्दर्य लुकेको छ । अर्को कुरा यहाँ ती पशु कुकुरका कोठा बनेका छन् । जब कि नेपालमा मान्छेकै बच्चालाई कोठा पुराउन सकिएको छैन ९पाण्डेय, २०६६ः ३० । यसरी दोहोरो सभ्यताको तुलना गरिएको छ भने उताको प्राकृतिक संस्कृतिक संपदाको प्रशंसा गर्दै समिकालाई पनि लोभ्याएको छ । बसन्त पञ्चमीको पूजाको यज्ञको दृश्यबाट नै उपन्यासको प्रारम्भ गरिएको छ । त्यो अमेरिकाबाट स्मृतिमा देखिएको नेपालको दृश्य हो । गृहस्मृतिसित एकाकी हुनु पीडासित पनि अमेरिकामा समीर छ । समीरको समिकासित परिचय भएको २ वर्ष विते पछि यो स्मृतिमा तानिएको कथा हो । यस्तै स्मृतिमा र सम्वादमा नै पूरा परिचय नेपालको संस्कृतिको प्रस्तुति हुन्छ र अमेरिकनले नेपालीसित विवाह गरी जन्मिएकी समिका हो । नेपाल मूलकी अमेरिकन समिका र समीरको प्रेम व्यापारको उपन्यास हो । पात्रमा मितव्ययिता छ । खास समिका र समीर हुन् । म्यूरा र न्यूरा पशु पात्र छन् । समीर पवित्र नेपाली संस्कृतिमा हुर्के बढेको युवक हो । अमेरिकन नेपालीको खच्चड संस्कृतिको नदीमा परेकी समिका हो । समिकाका बाबु नेपाली आमालाई बेवास्ता गरी अरु आइमाइसित हिड्छ, यी घृणित अमेरिकन संस्कृतिले पीडित छन् । पात्र त्यसैले पनि होला नेपाली सुन्दर शिव संस्कृतिमा फर्कन रोज्दछन् । समीर र समिकाले पनि । यी पात्रहरु धार्मिक संकीर्णताबाट माथि उठेका छन् । यसको प्रकाशकीय टिप्पणीमा एच।बी। भण्डारी लेख्छन् यसमा चक्रब्यूह सञ्चेतना समालोचनाको दृष्टिले हेर्न सकिन्छ । यो उपन्यास बारे उपन्यासकार तीर्थ राज पाण्डेयको भनाइ यस्तो छ ः जीवन पाटोको एउटा कोठा तथा जीवन भोगाइको उपज हो । चिरायु संस्कृति संस्कारको धनी एवम् प्राकृतिक शौन्दर्यले भरिपूर्ण नेपाल र यहाँको रीतिरिवाज चाडपर्व तथा संस्कृतिलाई सक्दो सरलताको साथ वर्णन गर्ने प्रयास गरेको छु (यसकै लेखकी) । हो यसमा सांस्कृतिक संक्रमणका वस्तु छन् । नेपालको १० वर्ष माओवादी जनयुद्धका चित्र प्रस्तुत छन् । घटना भन्दा सम्वाद शैलीमा दुवै संस्कृतिमा अध्ययन गरिएको छ । उपन्यास यात्रा वृत्तान्त जस्तो पनि छ र आमाको आशीर्वाद ‘चिरायु’ ले नायकको लक्ष्यको सुरक्षा भएको छ र यो परिवार विघटनको क्रममा आमाको आशीर्वादको अर्थ चरित्र भएको बनाएर उपन्यास टुङ्ग्याइएकोले पनि उपन्यास डायस्पोरिक सामाजिक आदर्शोन्मुख यथार्थवादी भएको देखिन्छ । उत्तर आधुनिकताको घेरामा पर्छ भन्ने डा। प्रा। दुर्गा प्रसाद भण्डारीलाई लागेको कुरा यसकै भूमिकाका निम्न पदावलिले पुष्टी गर्दछ । ‘तर युगौं देखि घोषित मूल्य पद्धतिको केही हदसम्म विनिर्माण भएको भने देखिन्छ । प्रचलित परिपाटी भन्दा भिन्न ढाँचाको उपन्यासको रुपमा मैले चिरायुलाई लिएको छु । ।।।।।।। यस्तै सम्बन्धहरु उत्तर आधुनिक युगमा बढी स्वय चिरायु हुने छन् पुरानो सभ्यताको विपरीत ।’ अध्यायहीन पृष्ट ९८ को यो उपन्यास लघु उपन्यास हो । यो उपन्यासमा समिर नायक र समिका नायिका २ जना प्रमुख पात्र छन् । समिर पश्चिम नेपालको राम्रो परिवारको युवा हो । अमेरिका आउँदा आमाको ‘चिरायु’ भन्ने आर्शीवाद लिएर आएकोले समिरलाई आगोले पनि जलाउन सक्दैन । ऊ संस्कृति प्रेमी छ । सहृदयी छ । जनयुद्धको बेला अमेरिका आएको र समिकासित भेटमा प्रेम भएको हो । नेपालमा शान्ति सम्झौता भएर लोकतन्त्र आए पछि आफ्नै देशमा फर्कनुपर्छ अब भन्दा समिकाले पनि म पनि त्यस्तो राम्रो संस्कृति भएको देशमा फर्कन्छु भन्छे । यतिमै उपन्यास सकिन्छ । समिकाको बाबु अमेरिकन हो, आमा नेपाली थिइन् । आमालाई बाबुले छोडेर अरु आमाईका डेरातिर हिड्ने भएकोले आमा र समिकाले अनेक दुःख झेल्न परेको देखाएर त्यो बिग्रेको संस्कृतिबाट हुर्केकी समिकाले समिरसित पाठ लिएको देखाइएको छ । यौटा नेपाली गाउँले र अर्कीे श्वेत बाबा र नेपाली आमाकी छोरीको बिचको सम्बन्ध छ । यसले नेपाल र अमेरिका, नेपाली र अमेरिकन मिश्रण भएको छ । यो तुलना गरेर गाउँको पुरानो प्राकृतिक सभ्यता नै उत्तम भएको यसले देखाउँछ । डायस्पोरा भएर बसेको समिर यहाँको दुर्गति र नेपालको विकासको द्वार खुलेको देखेर नेपाल फर्कन्छ र समिकाले माताको मातृभूमि प्रेमलाई पछ्याउँछे । उपन्यास आदर्शोन्मुख यथार्थवादी यौटा सानो सुन्दर पूmलको रूपमा प्रस्तुत छ । ३५ वर्षको उमेरमा नेपालको सुदुर पश्चिमको पाटनमा जन्मेका त्यहाँ सकर्म गर्दै काठमाडौंको संघर्ष अमेरिका आई बाल्टिमोरमा १० ठक्कर खाएर आफूलाई सेटल गराउन संघर्ष गर्दा गर्दै पनि आमाको सपना सविता र चिरायु जस्ता राम्रा साहित्यिक कृति यो समाजलाई दिन सक्नु यौटा प्रतिभाको परिचय हो । यो निरन्तर रह्यो भने साहित्यमा उनले ठूलो योगदान दिन सक्ने देखिन्छ । |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment