English Edition

तीर्थराज पाण्डे "आँसु"


तीर्थराज पाण्डेयको जन्म २०३६र१९७९ असौज ३० का दिन पाटन २, बैतडी महाकालीमा पिता लक्ष्मीदत्त पाण्डेय र माता सरस्वती पाण्डेयको कोखबाट जन्म भएको हो । सुदुर पश्चिमका कवि ‘आँसु’ भारत, दक्षिण कोरिया, बेलायत, जापान, थाइल्यान्ड, अमेरिकाका विभिन्न स्टेटमा घुमिसकेका छन् । हाल अमेरिकाको वाल्टिमोरमा छन् । उनी अनेसास बाल्टिमोर च्याप्टरका अध्यक्ष हुन् । उनका प्रकाशित कृति हुन् ः
१) आमाको सपना (खण्ड काव्य)
२) सविता (खण्ड काव्य)
३) चिरायु (उपन्यास)
सविता खण्ड काव्य २०६४ मा अनेसास केन्द्रबाट छापिएको हो । यसमा शिवप्रसाद सत्याल ‘पीठ’को भूमिका र मोहन सिटौलाका प्रकाशकीय छन् । सविता, मुनामदन जस्तै झ्याउरे र त्यस्तै प्रेमको वियोगान्त कथा हो । फरक के छ भने यसमा सविता दलित हो र ऊ मुना जस्तो पहिले मर्दिन पछि बसिनसक्नु भए पछि झुन्डिएर  मर्छे । लेखकीयमा लेखकको नै आत्मस्वीकृति छ कि यो नारीवादी काव्य बनाउन खोजिएको छ । नारी माथि भएको दमनको विरुद्ध लेखिएको काव्य हो । त्यति हैन यो जातीय विभेदको विरुद्ध लेखिएको काव्य पनि हो भन्न यसको यो पहिलो पंक्तिले नै प्रमाण दिन्छ ।
न गर्नु भेद न गर्नु भाव जातीय नामले
ज्ञानको दियो के बाल्न सक्थें म दुःखी गाउँले ।
            – सज्जन वर्गप्रति
आकार पनि मुनामदन जस्तै छ । सुरुमा यौटा मंगलाचरण जस्तो छ अरु १० पाठ छन् । यसरी ११ परिच्छेद भन्न सकिन्छ । नारीका पीडा, श्रम शोषण, पुरुषको र जातीय दमनको बीचमा मृत्युले पनि धोका दिए पछि जीवन त त्यसै जहर भो । यो कथ्यले काव्य कारुणिक बनाएको छ ।

‘चिरायु’ उपन्यास—‘चिरायु’ उपन्यास २०६६र२००९ मा अनेसास वाल्टिमोरबाट प्रकाशित भएको हो । यसमा प्रा। डा। दुर्गा प्रसाद भण्डारीको गहकिलो भूमिका छ । उनको भनाइमा उत्तर आधुनिक पदावलिमा यो कृति पर्न सक्छ भनेर उनले लेखेका छन् । उत्तर आधुनिकतावादका प्रवर्तक नित्से हाइडेगर, रोनाल्ड वार्थ, डेरिडा, मिसेलफुको, हयावरम्यास हुन् भन्छन् तर उनी यसमा निर्णायक मत दिन हिच्किचाउँदै लेख्छन् नित्सेले विउ छरे अरुले त्यसको मीमाम्सा गरेका छन् । कुनै सिर्जनाहरुले पुरानो मूल्य तोडेर नयाँ तरिकाले आउन थाले पछि त्यसमा सिद्धान्तको पनि पुनर्व्याख्या हुनु स्वाभाविक कुरा हो ।  उनी ‘चिरायु’ लाई उत्तर आधुनिक घेरा भित्र पर्छ कि भन्ने मत दुर्गा प्रसाद भण्डारीले भूमिकामा लेखेका छन्  ९चिरायुको भूमिका० ।

सिर्जना मूल्यवान् हुन कसैको वादको गुलामी गर्नु पर्दैन यदि सिर्जनाले नयाँ नयाँ अनुभूतिहरुको उजागार गर्छ भने त्यो स्वतः लोकप्रिय हुन्छ । हो कतिपय नयाँ प्रविधि र दर्शनमा आधारित कृति पाठकको पहुँच भन्दा माथि हुन्छन् । पाठकको वस्तुको ज्ञानको सीमा भन्दा दूर भएकाले अलोकप्रिय भए पनि तिनका पाठकलाई प्रशिक्षित गर्नुपर्ने हुन्छ । त्यो कृतिको स्तर र पाठकको वर्गले पनि भिन्नता ल्याउँछ । तीर्थको यो कृतिमा सरलता पनि छ र डायस्पोरिक चरित्रको चित्रण पनि छ । तुलना समीर समिकाको घर पहिलो पटक जान्छ । त्यस वेला समिका उनका २ वटा कुकुर म्यूरा र न्यूरा २ वटालाई देखाउँदै भन्छे — ऊ त्यो कोठा यी म्यूरा र न्यूराको हो । त्यस वेला यौटा नेपाली ठिटो समिरले सोच्छ यी म्यूरा र न्यूरा भन्दा त हाम्रा मुसा नै ठूला हुन्छन् । यो तुलनीय र रमणीय अनुभूतिको अभिव्यक्तिमा अनुपम सौन्दर्य लुकेको छ । अर्को कुरा यहाँ ती पशु कुकुरका कोठा बनेका छन् । जब कि नेपालमा मान्छेकै बच्चालाई कोठा पुराउन सकिएको छैन ९पाण्डेय, २०६६ः ३० । यसरी दोहोरो सभ्यताको तुलना गरिएको छ भने उताको प्राकृतिक संस्कृतिक संपदाको प्रशंसा गर्दै समिकालाई पनि लोभ्याएको छ ।

बसन्त पञ्चमीको पूजाको यज्ञको दृश्यबाट नै उपन्यासको प्रारम्भ गरिएको छ ।  त्यो अमेरिकाबाट स्मृतिमा देखिएको नेपालको दृश्य हो । गृहस्मृतिसित एकाकी हुनु पीडासित पनि अमेरिकामा समीर छ । समीरको समिकासित परिचय भएको २ वर्ष विते पछि यो स्मृतिमा तानिएको कथा हो । यस्तै स्मृतिमा र सम्वादमा नै पूरा परिचय नेपालको संस्कृतिको प्रस्तुति हुन्छ र अमेरिकनले नेपालीसित विवाह गरी जन्मिएकी समिका हो । नेपाल मूलकी अमेरिकन समिका र समीरको प्रेम व्यापारको उपन्यास हो ।

पात्रमा मितव्ययिता छ । खास समिका र समीर हुन् । म्यूरा र न्यूरा पशु पात्र छन् । समीर पवित्र नेपाली संस्कृतिमा हुर्के बढेको युवक हो । अमेरिकन नेपालीको खच्चड संस्कृतिको नदीमा परेकी समिका हो । समिकाका बाबु नेपाली आमालाई बेवास्ता गरी अरु आइमाइसित हिड्छ, यी घृणित अमेरिकन संस्कृतिले पीडित छन् । पात्र त्यसैले पनि होला नेपाली सुन्दर शिव संस्कृतिमा फर्कन रोज्दछन् । समीर र समिकाले पनि । यी पात्रहरु धार्मिक संकीर्णताबाट माथि उठेका छन् । यसको प्रकाशकीय टिप्पणीमा एच।बी। भण्डारी लेख्छन् यसमा चक्रब्यूह सञ्चेतना समालोचनाको दृष्टिले हेर्न सकिन्छ । यो उपन्यास बारे उपन्यासकार तीर्थ राज पाण्डेयको भनाइ यस्तो छ ः

जीवन पाटोको एउटा कोठा तथा जीवन भोगाइको उपज हो । चिरायु संस्कृति संस्कारको धनी एवम् प्राकृतिक शौन्दर्यले भरिपूर्ण नेपाल र यहाँको रीतिरिवाज चाडपर्व तथा संस्कृतिलाई सक्दो सरलताको साथ वर्णन गर्ने प्रयास गरेको छु (यसकै लेखकी) ।
हो यसमा सांस्कृतिक संक्रमणका वस्तु छन् । नेपालको १० वर्ष माओवादी जनयुद्धका चित्र प्रस्तुत छन् । घटना भन्दा सम्वाद शैलीमा दुवै संस्कृतिमा अध्ययन गरिएको छ ।

उपन्यास यात्रा वृत्तान्त जस्तो पनि छ र आमाको आशीर्वाद ‘चिरायु’ ले नायकको लक्ष्यको सुरक्षा भएको छ र यो परिवार विघटनको क्रममा आमाको आशीर्वादको अर्थ चरित्र भएको बनाएर उपन्यास टुङ्ग्याइएकोले पनि उपन्यास डायस्पोरिक सामाजिक आदर्शोन्मुख यथार्थवादी भएको देखिन्छ । उत्तर आधुनिकताको घेरामा पर्छ भन्ने डा। प्रा। दुर्गा प्रसाद भण्डारीलाई लागेको कुरा यसकै भूमिकाका निम्न पदावलिले पुष्टी गर्दछ ।
‘तर युगौं देखि घोषित मूल्य पद्धतिको केही हदसम्म विनिर्माण भएको भने देखिन्छ । प्रचलित परिपाटी भन्दा भिन्न ढाँचाको उपन्यासको रुपमा मैले चिरायुलाई लिएको छु । ।।।।।।। यस्तै सम्बन्धहरु उत्तर आधुनिक युगमा बढी स्वय चिरायु हुने छन् पुरानो सभ्यताको विपरीत ।’

अध्यायहीन पृष्ट ९८ को यो उपन्यास लघु उपन्यास हो । यो उपन्यासमा समिर नायक र समिका नायिका २ जना प्रमुख पात्र छन् । समिर पश्चिम नेपालको राम्रो परिवारको युवा हो । अमेरिका आउँदा आमाको ‘चिरायु’ भन्ने आर्शीवाद लिएर आएकोले समिरलाई आगोले पनि जलाउन सक्दैन । ऊ संस्कृति प्रेमी छ । सहृदयी छ । जनयुद्धको बेला अमेरिका आएको र समिकासित भेटमा प्रेम भएको हो । नेपालमा शान्ति सम्झौता भएर लोकतन्त्र आए पछि आफ्नै देशमा फर्कनुपर्छ अब भन्दा समिकाले पनि म पनि त्यस्तो राम्रो संस्कृति भएको देशमा फर्कन्छु भन्छे । यतिमै उपन्यास सकिन्छ ।

समिकाको बाबु अमेरिकन हो, आमा नेपाली थिइन् । आमालाई बाबुले छोडेर अरु आमाईका डेरातिर हिड्ने भएकोले आमा र समिकाले अनेक दुःख झेल्न परेको देखाएर त्यो बिग्रेको संस्कृतिबाट हुर्केकी समिकाले समिरसित पाठ लिएको देखाइएको छ । यौटा नेपाली गाउँले र अर्कीे श्वेत बाबा र नेपाली आमाकी छोरीको बिचको सम्बन्ध छ । यसले नेपाल र अमेरिका, नेपाली र अमेरिकन मिश्रण भएको छ । यो तुलना गरेर गाउँको पुरानो प्राकृतिक सभ्यता नै उत्तम भएको यसले देखाउँछ ।  डायस्पोरा भएर बसेको समिर यहाँको दुर्गति र नेपालको विकासको द्वार खुलेको देखेर नेपाल फर्कन्छ र समिकाले माताको मातृभूमि प्रेमलाई पछ्याउँछे । उपन्यास आदर्शोन्मुख यथार्थवादी यौटा सानो सुन्दर पूmलको रूपमा प्रस्तुत छ ।

३५ वर्षको उमेरमा नेपालको सुदुर पश्चिमको पाटनमा जन्मेका त्यहाँ सकर्म गर्दै काठमाडौंको संघर्ष अमेरिका आई बाल्टिमोरमा १० ठक्कर खाएर आफूलाई सेटल गराउन संघर्ष गर्दा गर्दै पनि आमाको सपना सविता र चिरायु जस्ता राम्रा साहित्यिक कृति यो समाजलाई दिन सक्नु यौटा प्रतिभाको परिचय हो । यो निरन्तर रह्यो भने साहित्यमा उनले ठूलो योगदान दिन सक्ने देखिन्छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment