English Edition

भाटको सुनकलीलाई अन्तरार्ष्ट्रिय अवार्ड

 काठमाडौं– स्लोभानियाको माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा पत्रकार भोजराज भाटले निर्देशन गरेको नेपाली वृतचित्र सुनकलीले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ। यही फागुन ११–१५ सम्म चलेको उक्त फिल्म फेस्टिबलमा सुनकलीले माउण्टेन, नेचर तथा कल्चर विधामा जुरी अवार्ड पाएको हो। हरेक वर्ष स्लोभानियाको राजधानी लुबियानामा हुने गरेको फिल्म महोत्सवमा यसपटक २६ देशका ५० फिल्म तथा वृतचित्र सहभागी भएका थिए। अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को १२ औं संस्करणमा उत्कृष्ट भएको उपल्लो डोल्पासम्बन्धी वृतचित्र 'डेज अफ ट्याप' र नेपाल प्यानोरमातर्फ छोटो फिल्ममा उत्कष्ट 'पुन्टेको पांग्रो' पनि सोल्भानियाको उक्त फिल्म महोत्सवमा छनौट भएका थिए। किम्फमा पर्वतीय विकासका विषयमा बनाइएका फिल्ममध्ये उत्कृष्ट घोषित भएर सुनकलीले एक हजार अमेरिकी डलरको इसिमोड अवार्डसहित जुरी अवार्ड पनि पाएको थियो । तीमध्ये अमेरिकाको जेफ रोइज मेटानोयाले उत्कृष्ट अवार्ड पाएको थियो। त्यसबाहेक उक्त महोत्वसमा तीन वटा अमेरिकी, दुई जर्मनी, दुई बेलायत अनि नेपाल र फ्रान्सका एक–एक वृतचित्रले विभिन्न विधामा पुरस्कार पाएका हुन्। स्लोभानियाबाट प्रतिष्पर्धाका लागि छनौट भएका ६ वटा फिल्म तथा वृतचित्रले कुनै अवार्ड पाएनन्। मुगुकी १३ वर्षीया सुनकली र उनको फुटबल टिमले जिल्ला बाहिरसम्म पुगेर गरेको जितको अनुभवसम्मलाई पत्रकार भोजराज भाटले डकुमेन्टेसन गरेका छन्। यसपटक किम्फको १२ औं संस्करणको उद्‌घाटन पनि सुनकलीको विशेष स्क्रिनिङसँगै गरिएको थियो। स्लोभानियामा पुरस्कृत भएका सवै वृतचित्र तथा फिल्मको महोत्सवको अन्तिम दिन पुनः स्क्रिनिङ गरिएको थियो। पहिलो अन्तर्राष्टिय स्क्रिनिङका लागि सुनकलीका निर्देशक भोजराज भाट र निर्माता गुड नेवर्स इन्टरनेश्नलका तर्फबाट विमलसिंह विष्ट दुवै स्लोभानिया पुगेका थिए। उक्त अवार्ड फागुन १५ गते विशेष समारोहका लागि फिल्म फेस्टिबलका निर्देशक सिल्भो कारो र स्थानीय शहर डोम्जालेका मेयरले संयुक्तरुपमा निर्देशक भाटलाई ट्रफी दिएका हुन्। 'हामीकहाँ सहभागी भएका फिल्महरु छान्न नै निकै गाह्रो भएको थियो, सहभागी सबै फिल्म सबै एकसे एक गुणस्तरका थिए,', लुबियानाको चर्चित थियटर सांकारियाडोमस्थित विशेष पुरुस्कार वितरण समारोहमा महोत्सव निर्देशक सिल्भो कारोले भने, फुटबलको विषयलाई हिमाली जनजीवनसँग जोडेर बनाइएको सुनकलीलाई पुरस्कृत गर्न पाउँदा हामी निकै खुशी छौं।' 'प्रायले फुटबल भनेपछि कि त मेसीलाई सम्झन्छन् कि रोनाल्डोलाई, तर हामीले फुटबल ठूलो स्टेडियम भएका देशहरुमा मात्र खेलिदैन, यो हिमाल, पहाड वा तराई जहाँतही खेल्न सक्छ भन्ने सन्देश दिन खोजेका छौं,' पुरस्कार थापेपछि निर्देशक भाटले भने। भिडियो

source: nagariknews
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment