English Edition

इतिहास कोर्न दुवै लालायित

इतिहास कोर्न दुवै लालायित
अकल्यान्ड– न्युजिल्यान्डका प्रशिक्षक माइक हेसनले मंगलबार दक्षिण अफ्रिकाविरुद्ध हुने विश्वकपको सेमिफाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरेका छन्। विश्वकप इतिहासमै सेमिफाइनल चरण पार गर्न असफल दुई टोलीबीच मंगलबार हुने खेलले विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा नयाँ इतिहास कोर्नेछ। किनकि मंगलबार जो जिते पनि आइतबार हुने विश्वकपको फाइनलले उपाधि भिडन्तमा नयाँ टोली पाउने पक्का हुनेछ। न्युजिल्यान्ड छपल्ट सेमिफाइनल हारेको छ भने दक्षिण अफ्रिका तीनपल्ट सेमिफाइनलबाट बाहिरिएको हो। 
तर न्युजिल्यान्डका प्रशिक्षक हेसन विगतको नतिजा हेरेर टोलीको क्षमता दाँज्न नहुने बताउँछन् । ‘कुनै पनि टोलीसँग जित्ने जादुको छडी हुँदैन,’ हेसनले भने, ‘यो एउटा खेल हो र दुवै टोली जित्न आतुर छन्। दुवैले राम्रो क्रिकेट खेलिरहेकाले मंलगबारको खेल रोमान्चक हुनेछ।’
दुवै टोलीमा एउटा समानता पनि छ, त्यो हो दुवै टोलीले वेस्ट इन्डिजलाई सहज रूपमा हराएका थिए। दक्षिण अफ्रिकाले समूह चरणको खेलमा ५ विकेट गुमाई ४ सय ८ रन बनाएपछि वेस्ट इन्डिजलाई २ सय ७५ रनले पराजित गरेको थियो। वेलिङ्टनमा भएको क्वार्टरफाइनलमा मार्टिन गुप्टिलको कीर्तिमानी अविजित २ सय ३७ रनको मद्धतमा न्युजिल्यान्डले ६ विकेट क्षतिमा ३ सय ९३ रन बनाएपछि वेस्ट इन्डिजलाई १ सय ४३ रनले पराजित गरेको थियो।
दक्षिण अफ्रिकाले भने अभागी टोलीको उपमा मेटाउँदै क्वार्टरफाइनलमा श्रीलंकामाथि ९ विकेटको जित निकालेको हो।
‘लामो समयदेखि हामीले यो अभागी टोलीको उपमा बोकेर हिड्यौं। तर अन्ततः हामीले जित्यौं र यसलाई निरन्तरता पनि दिनेछौं,’ दक्षिण अफ्रिकाका कप्तान एबी डी भिलियर्सले भने, ‘कुनै पनि कमजोरी देखाउनका लागि होइन भन्ने तथ्यमा हामी प्रतिबद्ध छौं।’
श्रीलंकाविरुद्धको सेमिफाइनलमा २६ रन दिएर ४ विकेट लिएका दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर न्युजिल्यान्डका कप्तान ब्रेन्डन म्याकलमका लागि पनि घातक बन्न सक्छन्। म्याकलम लेग स्पिनरलाई खेल्न कमजोर मानिन्छन्।
विश्वकपअघि तयारीस्वरुप खेलिएको न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको अभ्यास खेलमा ट्रेन्ट बोल्टले ५१ रन खर्चेर ५ विकेट लिएका थिए। हसिम अमला र डेल स्टेयनबिना खेलेको दक्षिण अफ्रिका १ सय ३४ रनले पराजित भएको थियो।
त्यस्तै गत वर्ष दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलामा केन विलियम्सन र रोस टेलर बिनाको न्युजिल्यान्डलाई २–० ले हराएको थियो।
तर न्युजिल्यान्ड प्रतियोगितामा उच्च लयमा रहेकाले पहिलेको नतिजाले केही फरक नपर्ने हेसनले बताए, ‘सेप्टेम्बर वा नोभेम्बरमा भएको खेलमा पिचको स्वभाव भिन्न थियो र हामीले त्यो जाडो पार गरिसक्यौं। उनीहरू पनि प्रतियोगितामा धेरै अघि आइसकेका छन्।’
उचित समयमा लयमा फर्किएको न्युजिल्यान्डले पछिल्लो ९ खेलमा जित निकालेको छ र टोलीले अहिलेसम्म लगातार १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छैन। दक्षिण अफ्रिका भने विश्वकपको समूह चरणमा भारत र पाकिस्तानसँग पराजित भएको थियो।
छोटो बाउन्ड्री भएको इडेन पार्कको  पिच ब्याट्सम्यान सहयोगी भएकाले मंगलबार धेरै रन बन्ने अनुमान गरिएको छ।
न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग विश्वकपको उत्कृष्ट १० मध्ये आधा बलर यी दुई टोलीमा छन्।
बाउल्ट विश्वकपमा सबैभन्दा धेरै विकेट लिने बलर हुन्। उनले १९ विकेट लिइसकेका छन्। त्यस्तै डानियल भिट्टोरी, टिम साउथी र दक्षिण अफ्रिकाका इमरान ताहिरको नाममा १५ विकेट छ भने मोर्ने मोर्केलले १४ विकेट लिइसकेका छन्।
लगातार दुई शतक बनाएर प्रतियोगितामा ४ सय ९८ रन जोडिसकेका न्युजिल्यान्डका गुप्टिल विश्वकपमा धेरै रन बनाउनेमा दोस्रो स्थानमा छन् भने उनले भन्दा ८१ रन कम बनाएका दक्षिण अफ्रिकाका डी भिलियर्स चौथो स्थानमा छन्।
न्युजिल्यान्डका तीब्र गतिका बलर एडम मिल्ने बायाँ पैतालामा चोट लागेपछि प्रतियोगिताबाट बाहिरिएका छन्।
- See more at: http://www.nagariknews.com/sports/cricket/story/35242.html#sthash.G4gvn4fs.dpuf
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment