क्वालालाम्पुर– मलेसियामा ज्यान गुमाएका झापा पृथ्वीनगरका प्रकाश लिम्बुको शवे अस्पतालमा बेवारिसे बनेको छ। कम्पनी छोडेर अबैध बनेका उनले इपो पेराग राज्यको एक कम्पनीमा अबैध बनेर काम गरिरहेका थिए। गत बिहीबार उनको मृत्यु भएको थियो। उनीसंगै कामगर्ने बिनोद अधिकारीका अनुसार उनी गत बिहीबार ओछ्यानमै मृत भेटिएका हुन्।
कयौं नेपालीको सुतेको अवस्थामा नै ज्यान जाने गर्छ। यसको कारण भने खुल्दैन। अबैध कामदारको मृत्यु भएमा स्वदेश लैजान १० हजार रिङ्गेट (नेपाली करिब ३ लाख रुपैया)खर्च हुन्छ। पैसाको अभावकै कारण लिम्बुको शव नेपाल पठाउन नसकिएको मृतकका साथी बिनोदले जानकारी दिएका छन्। बावु आमासग अलग भएका मृतक लिम्बुकी श्रीमती पनि बैदेशिक रोजगारीका लागि इजरायल गएकी छिन्। उनको घरमा अहिले कोही छैनन। उनको आर्थिक अवस्थापनि निकै कमजोर रहेको बिनोदले बताए। चार वर्ष अघी मलेसिया आएका उनी आएको कम्पनीमा राम्रोे कमाई नभएपछी अबैधानिक भएर कामगर्दै आएका थिए। उनको शव अहिले इपोको एक अस्पतालमा बेवारिसे अवस्थामा छ।
नेपाली दुतावासले लिम्बुको शव नेपाल पठाउन केही गर्न नसक्ने जनाएको छ । दुतवासकी प्रथम सचिव द्रुपता सापकोटाले दुतावासले केही गर्न नसक्ने बताइन। उनका अनुसार मृतकका आफन्तले पैसाको जोहो गर्न नसके लिम्बुको शव बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले मात्रै आफ्नै खर्चमा घरसम्म पुर्याइ दिन सक्छ। त्यसका लागि मृतकका आफन्तले बोर्डको कार्यालयमा मृतकको आर्थिक अवस्था कमजोर भएकाे जानकारी गराउँदै शव नेपाल ल्याउन निवेदन दिनुपर्छ।
0 comments :
Post a Comment