English Edition

निर्माता बने संगीतकार

करिब सय भन्दा बढि फिल्ममा सँगीत दिइसकेका संगीतकार चेतन सापकोटा अब निर्माता बनेका छन् । उनले निर्माण गर्न लागेको फिल्मको नाम हो ‘भागी भागी नजाउ’ । सुन्दा हिन्दी फिल्मको नाम जस्तो लाग्ने यस फिल्म को बिहिवार राजधानीमा एक प्रेसमिट गरेर फिल्मको घोषणा गरिएको थियो । फिल्मको निर्देशन नवल नेपालले गर्दैछन् भने फिल्ममा केकी अधिकारी, सबिन श्रेष्ठ, नीर शाह, लय संग्रौला, रमेश बुढा


थोकि, गीता अधिकारी, रबिन्द्र खड्का बिष्णु सापकोटा लगाएतको अभिनय रहने छ ।
ठुलो सपना बोकेर आफनो गाउँबाट शहर पसेका एक जोडि युवायुतीको सर्घषको कथालाई एउटा मनोरन्जनात्मक ढँगले फिल्ममा प्रस्तुत गरिएको बताउँछन् निर्देशक नवल नेपाल । यता संगीतकार तथा निर्माता चेतन सापकोटाले आफनो फिल्म पारिवारिक र कुनै पनि हिन्दी फिल्मबाट प्रभावित नहुने बताए । फिल्मको सुटिङ भोली शनिवार बाट शुरु गरिने बताइएको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment