English Edition

पाल्पा सबैभन्दा उत्कृष्ट, जुम्लाको अवस्था सबैभन्दा नाजुक (कुन जिल्ला कस्तो ?)

palpaकाठमाडौं– देशका ७५ जिल्लामध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा पाल्पा शीर्ष स्थानमा रहन सफल भएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७०/७१ मा कार्यसम्पादनका आधारमा गरेको स्वास्थ्य मूल्यांकनका आधारमा पाल्पा उत्कृष्ट जिल्ला बन्न सफल भएको हो । कार्यसम्पादनमा पाल्पाले ९०.४७ अंक पाएको छ । कार्यसम्पादनका आधारमा जुम्लाको अवस्था सबैभन्दा नाजुक रहेको छ । ७५ औं स्थानमा रहेको जुम्लाले ६५.४८ अंक पाएको छ ।
कार्यक्रम कार्यान्वयनको अवस्था, बजेट खर्च, कार्यालयमा उपस्थिति, रिपोर्टिङ, सूचकको उपलब्धिलगायतका आधारमा जिल्लाहरुलाई मूल्यांकन गरिएको हो । जिल्लाहरुको वर्गीकरणअनुसार ९० प्रतिशतभन्दा माथिलाई अति उत्तम, ८० देखि ८९ प्रतिशतसम्मलाई उत्तम र ७० देखि ७९ प्रतिशतसम्म अंक पाउँनेलाई मध्यम (सुधार गर्नुपर्ने) र ५० देखि ६९ प्रतिशतसम्म अंक पाउँनेलाई न्युन (धेरै सुधार गर्नुपर्ने) जिल्लामा राखिएको छ ।

 

कार्यसम्पादनका आधारमा कास्की ९०.२० अंकका साथ दोस्रो उत्कृष्ट र धादिङ ८८.७२ अंकका साथ तेस्रो उत्कृष्ट जिल्ला बनेको छ । यस्तै, सबैभन्दा नाजुक जिल्लाको रुपमा जुम्लापछि मुगु र धनुषा परेका छन् ।
शीर्ष दश जिल्ला

पाल्पा – ९०.४७
कास्की – ९०.२०
धादिङ – ८८.७२
काभ्रे – ८७.७२
रुपन्देही – ८७.४६
अछाम– ८६.९७
रसुवा – ८६.६३
डडेल्धुरा– ८६.४३
बाग्लुङ  – ८५.४१
बाँके – ८५.४१

खराब दश जिल्ला

जुम्ला –६५.४८
मुगु –६७.३५
धनुषा –६७.४४
खोटाङ– ६८.८३
डोल्पा– ६९.९९
तह्रथुम– ७०.०३
रौतहट– ७१.००
ताप्लेजुङ्ग– ७१.७५१
सिन्धुपाल्चोक –७१.८१
मुस्ताङ – ७२.२६

कुन जिल्लाले कति अंक पाए ? (७५ वटै जिल्लाले पाएका अंक)

पाल्पा – ९०.४७
कास्की – ९०.२०
धादिङ – ८८.७२
काभ्रे – ८७.७२
रुपन्देही – ८७.४६
अछाम – ८६.९७
रसुवा – ८६.६३
डडेल्धुरा – ८६.४३
बाग्लुङ – ८५.४१
बाँके – ८५.४१
सुर्खेत– ८५.१५
लमजुङ – ८४.६२
दैलेख– ८४.५१
मोरङ – ८४.३५
बैतडी – ८४.१८
सप्तरी – ८३.४३
चितवन – ८३.१४
म्याग्दी – ८२.९२
डोटी – ८२.९१
दाङ – ८२.७३
प्युठान – ८१.८९
कञ्चनपुर – ८१.८५
दोलखा– ८०.८०
आखलढुंगा – ८०.७४
बझाङ – ८०.६६
तनहुँ – ८०.१३
बर्दिया – ७९.७६
दार्चुला– ७९.६८
अर्घाखाँची – ७९.५६
रामेछाप– ७९.४६
रोल्पा– ७९.४०
झापा– ७९.२३
नवलपरासी – ७९.०२
कालिकोट – ७८.९१
गोरखा– ७८.५३
कैलाली – ७८.३३
धनकुटा – ७८.१८
सिरहा– ७७.९६
नुवाकोट – ७७.४६
पर्वत – ७७.३३
उदयपुर – ७७.०३
हुम्ला – ७६.८९
गुल्मी – ७६.८०
सिन्धुली – ७६.७२
सोलुखुम्बु – ७६.६९
काठमाडौ – ७६.४७
सुनसरी – ७६.२६
इलाम – ७६.२५
मकवानपुर– ७६.००
बारा – ७५.८५
स्याङजा – ७४.७१
बाजुरा – ७४ं५९
सल्यान – ७४.२८
जाजरकोट – ७४.१४
संखुवासभा – ७४.१३
भोजपुर – ७४.०१
भक्तपुर – ७३.९०
सर्लाही – ७३.६२
महोत्तरी – ७३.५७
रुकुम–७३.५०
पर्सा–७३.४१
ललितपुर – ७३.३२
कपिलवस्तु – ७३.३२
मनाङ – ७२.२६
पाँचथर – ७२.४५
मुस्ताङ – ७२.२६
सिन्धुपाल्चोक – ७१.८१
ताप्लेजुङ – ७१.७५
रौतहट– ७१.००
तेह्रथुम – ७०.०३
डोल्पा – ६९.९९
खोटाङ – ६८.८३
धनुषा – ६७.४४
मुगु – ६७.३५
जुम्ला – ६५.४८

- स्वास्थ्य खवर 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment