होस्टेल रिर्टन्सको गीत रिलिज (भिडियो सहित)
सायद र होस्टेल बनाइसकेका निर्माता सुनिल रावलको प्रतिक्षित फिल्म ‘होस्टल रिर्टन्स’ को रोमान्टिक गीत रिलिज भएको छ । स्याडोज ब्यान्डका गायक स्वप्नील आर्चायले संगीत भरेका गीतलाई अहिलेका युवा पुस्ताले रुचाउने आशा गरिएको छ । ‘मुसुक्क हास्ने तिम्रो बानी’ ले बोलको गीतमा नवकलाकार सहित निर्माता सुनिल रावल र नायिका दिया मास्के सम्मको रोमान्सलाई देख्न सकिन्छ ।
बैशाख २५ गते रिलिज हुने फिल्मलाई योङस्टर जनरामा राखिएको छ । होस्टेलमा बस्ने बिद्यार्थीहरुको जीवनशैलीमा बनेको फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन भने फिल्ममा सुशिल श्रेष्ठ, नाजीर हुसैन, सुदाम सिके, सुशिल सिटौला, प्रदिप कुमार चौधरी, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, इभास जोशी र रमेश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
होस्टेल रिर्टन्सको गीत रिलिज (भिडियो सहित)
0 comments :
Post a Comment