English Edition

घोडेजात्राकाे राैनक (फोटो फिचर)

यस्तो देखियो घोडेजात्रा (फोटो फिचर)
काठमाडौँ- नेपाली सेनाले शुक्रबार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न प्रस्तुति देखाएको छ। समारोहमा नेपाली सेनाले टाँगन र चार्जर घोडा दौड तथा नेपाल प्रहरीका तर्फबाट चार्जर घोडा दौड प्रस्तुत गरिएको थियो।
ghode jatra festival-01
सो अवसरमा शो जम्प, ड्रिल राइड, गु्रप टेण्ट पेगिङ, क्रस टेण्ट पेगिङ, लान्स हिट प्याक, लान्स, पिक र क्रिज, भल्टिङ र हर्ष ह्याण्डलिङ, सिक्स बार (लेडिज) र रेनफ्री जम्प, डग शो र हेङ्गेरियन पोष्ट प्रस्तुत गरिएको थियो। साथै साइकल दौड, म्युजिकल राइड र क्रस कन्ट्री जम्पसमेत सो अवसरमा प्रस्तुत गरियो।
ghode jatra festival-02
मानिस र घोडाबीचको सम्बन्ध आदिमकालदेखि नै अन्योन्याश्रित रहँदै आएको मानिन्छ। महाभारतलगायत ठूला युद्धमा घोडाको प्रयोग गरेर युद्ध लडेको इतिहास पाइन्छ।
नेपालमा घोडेजात्रालाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिएर मनाउँदै आइएको छ। घोडेजात्राका अवसरमा घोडाको कौशल एवम् रोमाञ्जक खेल प्रस्तुत गरिने गरिन्छ।
टुँडिखेलको दक्षिण–पूर्वस्थित रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको र त्यसबाट पीडित सहरवासीले उसलाई मारे पनि प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भयले गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सिलसिलामा घोडेजात्रा पर्व प्रारम्भ भएको मानिन्छ।
ghode jatra festival-03
सहरका कुनै पनि बालबालिकामाथि अनिष्ट नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने चलन रहिआएको छ ।
सोही घटनाको सम्झनामा काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन परम्परागत घोडेजात्रा पर्व मनाइँदै आइएको छ। रासस
ghode jatra festival-05
 
ghode jatra festival-07
 
ghode jatra festival-09
 
living goddess kumari moving to observe ghode jatra-02
 
traffice jam-01
                                                                               तस्बिरहरु: दिपेश श्रेष्ठ
Source : Nagarik 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment