March 20
नेवाः खल, कास्कीको आयोजनामा पाँचौ पटक हुन लागेको यामाहा मिस नेवाः पोखरा नेपाल संवत ११३५ कोे अन्तिम प्रतिस्पर्धा शनिबार हुदैछ । पोखरा सभागृहमा दिउसो २ बजेबाट शुरु हुने अन्तिम प्रतिस्पर्धामा १७ नेवारी समुदायका युवतीहरुले प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक सन्जय मल्लले बताउनुभयो । अन्तिम प्रतिस्पर्धामा पोखरा तेर्सापट्टीका कृपा कतिला, पुष्पा श्रेष्ठ, मालेपाटन, मन्जु ताम्राकार नदिपुर, श्रीया श्रेष्ठ बगालेटोल, रिक्का मर्सानी न्युरोड, सुस्मिता प्रधान नदिपुर, स्वस्तिका श्रेष्ठ नदिपुर, कञ्चन श्रेष्ठ तनहुँ दुलेगौंडा, निलिमा श्रेष्ठ लामाचौर, आशा श्रेष्ठ खाल्टेमसिना, सारा बजिमय भिमसेनटोल, सगुन जोशी पृथ्बीचोक, श्रीया बुद्धाचार्य मोहोरिया टोल, सुलोचना शाक्य अर्चलबोट, नविना श्रेष्ठ लेखनाथ गगनगौडा, बिभुषा नकर्मी औद्योगिक क्षेत्र, र प्रिंयका जोजिजु फुलबारी रहेका छन् ।
मिस नेवाः पोखरा ११३५ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्ने छन् । यसैगरि बेष्ट कम्प्लेक्शन, बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस टाइटलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्रदान गरिने छ ।
कार्यक्रमको कोरियोग्राफी निशा प्रजापति तथा सजनी मानन्धरले गरेका छन् । मिस नेवाका प्रतिस्पर्धीहरुको फोटोसुट सुरज श्रेष्ठले गरेका हुन । कार्यक्रमको मुख्य प्रायोजकमा यामाहा मोटरसाइकलको पोखराका लागि आधिकारिक बिके्रता एम ए डब्लु इन्टरप्राइजेज, नयाबजार रहेको छ भने सहप्रायोजकमा मनकामना दर्शन केबलकार प्रालि रहेको छ । नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको चौथो संस्करणसम्म ७२ जनाले भाग लिएको र ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठले मिस नेवा पोखराको ताज पहिरन सफल भएको बताइएको छ । मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएको छ ।

0 comments :
Post a Comment