English Edition

एनआरएन अमेरिकाको निर्वाचन तालिका प्रकाशित

एनआरएन अमेरिकाको निर्वाचन आगामी अप्रिल १६ देखि २० तारिख सम्म हुने गरी निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय समन्वय समितिको लागि १९ जना र अन्र्तराष्ट्रिय समन्वय समितिको लागि ५ जना गरी कूल २४ पदको लागि निर्वाचन हुने छ । घोषित कार्यालय तालिका अनुसार मार्च ९ तारिखवाट प्रक्रिया शुरु भएर अप्रिल २६ तारिखमा मत गणना सम्पन्न गर्ने निर्वाचन समितिका संयोजक विनोद रोक्काले जारी गरेका कार्यतालिकामा उल्लेख गरिएको छ । साथै समितिमा सदस्यहरु गोपाल श्रेष्ठ, माधवी कार्की, कन्हैया कायस्थ र रोबिन थापा रहेका छन् । 
कहिले के ?
-मार्च ९ मा मतदाताहरुको प्रारम्भिक सुची
-मार्च ११ को बेलुकी ५ बजेभित्र मतदाताको नाम उपर दावी विरोध 
- मार्च १५ मा मतदाताको अन्तिम सुची प्रकाशित 
 -मार्च १६ देखि २३ सम्म उम्मेदवारी दर्ता  मार्च २३ को मध्यरातसम्म अनलाइनमार्फत उम्मेदवारी दर्ता गराउन सक्ने ्
 -मार्च २६  उम्मेदवारहरुको पहिलो सुची प्रकाशित गरिने
- मार्च २७ देखि २९ सम्म दावी , विरोध र उम्मेदवारी फिर्ता
 -मार्च ३१ मा उम्मेदवारको अन्तिम सुची प्रकाशित गरिने 
-अप्रिल १ देखि १५ सम्म चुनावी प्रचार प्रसार 
- अप्रिल १६ देखि २० सम्म अनलाइन र कागजी मतपत्रमार्फत मतदान ।
-अप्रिल २५ र २६ मा मतगणनापछि मत परिणाम घोषणा गर्ने आयोगले जनाएको छ ।   
कति शुल्क ? 
निर्वाचन समिकिो विज्ञप्ति अनुसार  अध्यक्ष पदमा उम्मेदवारी दिन चाहनेले एकहजार, बरिष्ठ उपाध्यक्ष  ८ सय , उपाध्यक्ष पदमा उम्मेदवारीका लागि ७ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । यसै गरी महासचिव  ७ सय,  सहसचिव र कोषाध्यक्ष पदका लागि ६ सय ,कोषाध्यक्ष, प्रवक्ता , मिडिया कोअर्डिनेटर, युवा कोअर्डिनेटर र महिला कोअर्डिनेटरमा उम्मेदवारीका लागि ५ सय अमेरिकी डलर शुल्क तोकिएको छ । ७ जना बोर्ड सदस्यका लागि  ४ सय डलर शुल्क तोकिएको छ । पाँचजना निर्वाचित हुने एनआरएन आईसीसीको सदस्यमा उम्मेदवारीका लागि पनि १ हजार अमेरिकी डलर शुल्क तोकिएको छ ।
विधान अनुसार धेरै सदस्य भएकाहरु अल्वानिया,क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, फ्लोरिडा, जर्जिया, ईलिनोयस, मेरिल्याण्ड, म्यासाचुसेट्स, मिसिगन, न्यू ह्याम्सायर, न्यू जर्सी, न्यू मेक्सिको, न्यूयोर्क, नर्थ क्यारोलिना, ओरेगन, पेन्सिलभेनिया, टेनिसी, टेक्सास, भर्जिनिया र वासिंङ्गटन लगायतका २१ राज्यमा ईकाईको लागि समेत चुनाव हुने भएको छ । तीराज्यहरुमा १५ सदस्यीय समिति को प्रावधान गरिएको छ । जसअनुसार ईकाईको संरचना अनुसार अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष एक एक जना र ११ सदस्यीय सदस्य भएको समिति गठन हुने छ । यसमा पनि उमेदवारीका लागि क्रमशः  ५ ००, ४०० , ३५० र ३ सय शुल्क तोकिएको छ । ११ जना डाइरेक्टरहरु का लागि २ सय डलर शुल्क तोकिएको छ । निर्वाचनको कार्यतालिका सँगै आगामी मार्चको २१ र २२ मा हुने अधिवेशनको नयाँ विधान अनुसार निर्वाचन नहुने भएको छ ।
Source : Globe Nepal
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment