वासिङ्गटन डिसी मार्च ५ /नेपाली दूतावासका अधिकारीहरुले मेशिन रिडएवल पासपोर्ट (एमआरपी)का लागि विधी र प्रक्रिया पूरा गरी तोकिएको मापदण्डमा विवरण भर्न नेपाली समुदायलाई अनुरोध गरेका छन् । अधिकांश विवरणहरु भर्दा विशेष ध्यान दिन र भरिएको फर्मको प्रिन्ट गर्दा विशेष ध्यान दिन समेत अनुरोध गरेका छन् । ग्लोव नेपालका प्रतिनिधीसँग कुरा गर्दै दूतावासका द्धितीय सचिव लेखनाथ गौतमले भने फर्म भर्दा ध्यान नदिदा केही आवेदकहरुको एमआरपी आउन ढिलाई समेत भएको छ । हामीहरुले विग्रीएको फर्मलाई फोन मार्फत समेत सच्याउन आवेदकहरुलाई अनुरोध गरेका छौं तथापी अझै यसले पूर्ण रुपमा सफलता पाउन सकेको छैंन् ।
उनले भने हामीहरुले फर्मको विवरण भर्ने तरिका देखि प्रिन्ट गर्ने प्रक्रियाको समेत विस्तृतमा हामीहरुको वेभसाईटमा राखेका छौं । तर यसलाई नहेरी फर्म भर्ने प्रवृत्तिका कारण समस्या आएको छ । गौतमले फर्म भर्दा अमेरिकामा रहेका नेपालीहरुले अमेरिकाको फोन नम्वर वाहेक अरु केही पनि भर्न नपर्ने स्पष्ट पार्दै भने फर्मको १३ नम्वर बुँदा भरेहुन्छ अरु सवै विवरण नेपाल कै भर्ने हो ।
नेपाली दूतावास डिसीले एमआरपी पासपोर्टका लागि आफनो स्रोत र साधनको अधिकतम उपयोग गर्दे नेपालीहरुको पासपोर्ट परिवर्तनका लागि काम गर्दै आएको छ ।
मेशीन रिडएवल पासपोर्टका लागि गैर आवासीय संघ समेत सहकार्य गरेर विभिन्न शहरहरुमा दूतावासले जनचेतना अभिवृद्धि गर्ने, स्थानीय सहजकर्ता (फोकल पर्सन) मार्फत फर्म वितरण, संकलन र फारम भर्ने प्रक्रियाको वारेमा जानकारी दिदै आएको छ । दूतावासका अनुसार महिनाको एक पटक नेपाल पठाउँदै आएकोमा आगामी केही समय पछि नै पन्ध्र दिनमा पठाउने तयारीमा रहेको छ । तर जनशक्तिको अभावका कारण फर्मको प्रमाणीकरण लगायतका विषयमा दूतावासले समस्या झेल्दै आएको छ ।
नेपाली दूतावासले नेपाली समुदायको वसोवास वढी भएका स्थानहरुमा एमआरपी पासपोर्टका लागि विभिन्न तरिकाले घरदैलो कार्यक्रम समेत गर्दै आएको छ ।
के हो एमआरपी ?
एमआरपी भनेको मेशीन रिडएवल पासपोर्ट हो, अर्थात यो मेशीनले पढन सक्ने राहदानी हो । यो राहादानी विश्व व्यापी रुपमा प्रचलनमा आएको छ । अन्र्तराष्ट्रिय नागरिक उडडयनले विश्वव्यापी रुपमा मेशीनले पढन सक्ने पासपोर्ट मार्फत यात्रुको विवरण राख्ने भएकाले हातले लेखिएको पासपोर्टलाई आगामी नोभेम्वर २४ तारिख देखि पूर्ण रुपमा अस्वीकार गरिने भएकाले सरकारलाई टाउको दुखाईको विषय वनेको छ । नेपालमा वितरण गरिएका पासपोर्टलाई एमआरपीमा वदल्नु चुनौती पूर्ण रहेको छ ।
0 comments :
Post a Comment