English Edition

सामाजिक एकबध्दता कार्यक्रमको खाचो :रामसी पोख्रेल

वाल्टिमोर,मार्च ६ /एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्षका प्रत्यासी वनेका रामसी पोख्रेलले आफूले गैरआवासीय नेपालीहरूका  सामाजिक, आर्थिक, सांस्कृतिक एवं राजनैतिक समस्याहरूको समुचित समाधान एवं सुरक्षित भविष्य निर्माणको निम्ति उम्मेदवारी दिएको वताएका छन् । उनले भनेका छन - विविध कारणले आफनो मातृभूमि छाडेर विदेशी भूमिमा बसोबास गर्ने हामी समस्याहरूको समुचित समाधान एवं सुरक्षित भविष्य निर्माणको निम्ति सामाजिक एकबध्दता कार्यक्रमको खाचो सदैव रहिरहन्छ । गैरआवासिय नेपाली संघ ले यसको लागि भरसक प्रयत्न गरिरहेको छ । 
उनी संसार भरि र अमेरिकामा गैर आवासीय संघ नेपालीहरूको भरोसा योग्य अन्तराष्ट्रिय संस्था बन्न पुगेको भन्दै यसलाई अझ उचाइमा पुरयाउन सम्पूर्ण नेपालीको साझा बनाउन सबैको शुभेच्छा र सहकार्यको आवश्यकता देख्छन् । उनको भनाई छ ,यसको उदेश्य परिपूर्ति गर्न के गर्नुपर्छ भन्ने बारे कोही पनि अनविज्ञ नभएको भन्दै आफूले उमेदवारी दिएको वताउँछन् । पोख्रेलको भनाई छ -नेपाली समाज टेक्सास एवं ड्यालस  एभरेष्ट लाइन्स क्लब टेक्सासको पूर्व अध्यक्ष समेत रही निरन्तर नेपाली समाज बिच क्रियाशील रहदै आएको व्यक्ति भएको र आफनो विगतको अनुभवका आधारमा केही योगदान गर्न सक्छु भन्ने पूर्ण विश्वासका साथ उम्मेदवारी प्रस्तुत गरेको छु ।
उनी आफनो एजेण्डाको वारेमा भन्छन, विदेशी अर्थात् अमेरिकी  भूमिमा नेपाल र नेपालीको पहिचान बढाउने कार्यहरू गर्ने,हरेक राज्यका स्थानीय संघ संस्थासग सहकार्य गर्ने र एनआरएन प्रति अभिरुचि अभिवृध्दि गर्ने रहेको छ । उनी आफूले आर्थिक पारदर्शिता स्थापित गर्ने र आर्थिक कोषको उचित प्रयोजनमा जोड दिने वताउँछन् , आकस्मीक कोषको उचित व्यवस्थापनमा विशेष जोड दिनूको साथै यस कोषमा सबैको पहुच पुरयाउने लक्ष्य राखिने उल्लेख गर्दै आवश्यक समिति र उपसमितिको गठन गरी आम जन सहभागितामा अभिवृध्दि गर्ने  छु ।दोहोरो नागरिकता प्राप्ति र दोहोरो कर प्रणालीको खारेजी विषयमा तर्कपूर्ण बहसको निरन्तरता दिदै नेपालमा विदेशी लगानी सम्बन्धी आवश्यक नीति तर्जूमा गर्न आवश्यक पहल कदमी गर्ने उनको एजेण्डामा उल्लेख गरिएको छ ।  नेपाली भूमिमा पर्ने दैबी प्रकोप र नेपालको बिकासका लागि विदेशबाट गर्नसकिने सहयोग जुटाउन लागि पर्ने  तथा  नवआगन्तुक नेपालीहरूलाई विशेष प्राथमिकताका साथ आवश्यक सहयोगक लागि संरचना तयार गरी कार्यनन गर्ने  उनले आफनो कार्ययोजना प्रस्तुत गरेका छन् । 
Source- Globe Nepal
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment