माल्भिका सुब्बाको फिल्म प्रतिको मोह अहिले बढ्दै गइरहेको छ । नायिका बाट निर्मात्री बनेकी सुब्बाले ‘हाउ फन्नी’ नामक फिल्म निर्माण गरेकी छिन् । हाउ फन्नी जेठमा रिलिज हुदैछ ।
यो जीवन चुडिएको चंगा जस्तै, समयले उडाई लाँदो रैछ
कहिले रुख झारमा अल्झिँदो रैछ, कहिले बिजुली तारमा बल्झिँदो रैछ
माथिका हरफ यही चैत्र २७ गते प्रदर्शन हुन लागेको फिल्म ‘नाइँ नभन्नु ल ३’ को हो । पुर्व मिस नेपाल तथा निर्मात्री माल्भिका सुब्बाले उक्त हरफहरुमा आफनो स्वर भरेकी छिन् । माल्भिकाले गत बिहिबार रेड स्टुडियोमा फिल्मको न्यारेशनका लागि डबिङ गरेकी हुन ।निर्माता बिकास आचार्यले यस न्यारेसनका लागि माल्भिका को आवाज आवश्यक्ता भएको बताएका थिए । माल्भिकाले आफुले फिल्म हेरिसकेको र फिल्म राम्रो बनेको बताएकी थिइन ।
आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, सँचिता लुईटेल, अनुभव रेग्मी,सफला भट्टराई, र आश्मा डिसीको मुख्य भुमिका रहेको फिल्म नाई नभन्नु ल ३ लाई मुस्कान ढकालले निर्देशन गरेका हुन ।
0 comments :
Post a Comment