राष्ट्रपति ओबामाले प्रस्ताव गरेको यो मनोनयनलाई अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्दछ | त्यसपछि प्रस्तावित मनोनयन निश्चित हुन्छ | आफ्नो मनोनयनका बारे राष्ट्रपति ओबामाले भनेका छन्-'नयाँ जिम्मेवारीका लागि नियुक्त हुन लाग्नु भएका दक्ष र वर्षौं लामो कुटनीतिक अनुभव र विज्ञता हासिल गरेका यी अधिकारीहरुसंग काम गर्न म तयार छु|'
को हुन् टेप्लीज ?
टेप्लीज हाल विदेश मन्त्रालयको मिनिष्टर/काउन्सिलर पदमा कार्यरत छिन् । विदेश मन्त्रालयको कार्यालय व्यवस्थापन नीति निर्देशकको रुपमा सन् २०१२ देखि कार्यरत उनले सन् २०११ देखि २०१२ सम्म एक वर्ष अफगानिस्तानस्थित अमेरिकी मिशनमा व्यवस्थापक मिनिष्टर काउन्सुलरको रुपमा सेवा गरेकी छिन् | सन् २००९ देखि २०११ सम्म उनले विदेश मन्त्रालयको पूर्वी निकट र दक्षिण एशियाली मामिला सम्बन्धी विभागमा उप कार्यकारी निर्देशकको जिम्मेवारी पनि बहन गरिसकेकी छिन्,जुन बिभागले नेपालसहित दक्षिण एशियाली मुलुक हेर्ने जिम्मेवारी पाएको थियो । सन् १९९१ मा कुटनीतिक सेवामा प्रवेश गरेकी उनले बेल्जियम र ढाकामा बसेर पनि जिम्मेवारी बहन गरेकी छिन् | 
टेप्लीज नेपालको राजदूत बन्ने हालसम्मकी पाँचौं महिला राजदूत हुने छिन् | यस अघि अमेरिकाकै पहिलो विदेश सहायक मन्त्री क्यारोल लेइज,मार्किता मेयत्याग,जुलिया च्यांग ब्लक र न्यान्सी पावेलले नेपालका लागि अमेरिकी राजदूतको रुपमा जिम्मेवारी बहन गरेका थिए |
यसैबीच अमेरिकाका लागि नेपालका नयाँ राजदूतमा सिफारिस भएका अर्जुनकुमार कार्कीको कूटनीतिक सहमति आएको छ। माघ अन्तिम साता कुटनीतिक सहमतिका लागि कार्कीको नाम डिसी पठाइएको थियो | करीब दुई महिनापछि गत सोमबार उनको नाममा एग्रिमो आएको हो। परराष्ट्र मन्त्रालयले उनको एग्रिमो आएलगत्तै नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ। कार्कीको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भैसकेको छ |
को को भए अहिलेसम्म नेपालका लागि अमेरिकी राजदूत ?
0 comments :
Post a Comment