English Edition

यस्तो कार, जसले ड्राइभरलाई नियम तोड्न दिनेछैन

ford carट्राफिक नियम मिच्दै अनियन्त्रित तथा सडक अनुशासन विपरित उच्च गतिमा कार चलाउने चालकहरुलाई अब कार आफैले अंकुश लगाउने भएको छ । कार निर्माता कम्पनी फोर्डले यस्तो कार निर्माण गर्ने योजना बनाएको छ जसले सडकमा रहेका गति सिमित राख्नुपर्ने सम्बन्धि संकेत तथा चेतावनी हेरेर आफ्नो गतिलाई आफै सुस्त पार्नेछ । गति सिमित गर्नुपर्ने वा विस्तारै चलाउने पर्ने ठाउँमा चालकले जोडसँग हाँक्न खोजेपनि उक्त कार बढि गुड्नेछैन ।
अमेरिकी कार कम्पनी फोर्डका अनुसार यो प्रविधिले दुर्घटनामा कमी ल्याउने मात्र होइन ट्राफिक नियम मिचेबापत पाउने जरिवानाबाट समेत चालकहरु बँच्नेछन् । आगामी अगष्टमा युरोपेली बजारमा लन्च हुने योजनामा रहेको एक्सम्याक्सको दोश्रो संस्करणका कारमा यो प्रविधि उपलब्ध हुने बीबीसीले उल्लेख गरेको छ ।
फोर्डका प्रवक्ताका अनुसार यो प्रविधिलाई विश्वका अन्य मोडेलका कारमा समेत प्रयोग गर्न सकिन्छ 
इन्टेलिजेन्ट स्पीड लिमिटर भनिने यो प्रविधिले कारमा विद्यमान दुइवटा प्रविधिको उपयोग गर्दछ । पहिलो प्रविधि हो-एडजस्टेबल स्पीड लिमिटर, जसले पांग्रामा लगाइएका सेन्सरका माध्यमबाट कारको गति पत्ता लगाउँछ । जब पहिले तय गरिएको गतिभन्दा तिब्र गतिमा कार कुँद्न थाल्छ तब सफ्टवेयरले उक्त कुरा थाहा पाउँछ । तत् पश्चात ब्रेक लगाउन संकेत गर्नुको साटो यो प्रविधिले इन्जिनसम्म पुग्ने इन्धनको मात्रालाई कम गरिदिन्छ ।
दोश्रो प्रविधि हो-ट्राफिक साइन रिकग्निसन अर्थात् ट्राफिक संकेत पहिचान गर्ने प्रविधि ।
यसमा एक चौडास्त्रिmनवाला भिडियोको प्रयोग गरिन्छ जसले ट्राफिक संकेतलाई प हिचान गरी त्यसबारेमा ड्राइभरलाई सूचना दिन्छ । सडकमा रहेका ट्राफिक संकेतहरु आफैले हेर्नु नपर्ने र यसबारेमा गाडी आफैले बारम्बार सूचना दिने भएपछि ड्राइभरले ढुक्क भएर बाटोमा मात्रै हेरिकन गाडी चलाए पुग्छ ।
फोर्डका अनुसार यो प्रविधिको सहायताले चालकहरु ढुक्क भएर अन्य सामान्य अवस्थामा भन्दा प्रतिघण्टा ८ किलोमिटर बढिसम्म कार कुँदाउन समर्थ हुन्छन् ।
online khabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment