English Edition

स्मार्टफोनको लत लाग्यो ? यसरी हटाउनुहोस्

आजकल मानिसहरुमा स्मार्टफोनको क्रेज यति धेरै छ कि फोन नचलाई एकछिन पनि बस्न सक्दैनन् । ब्यस्त सडकमा हिड्दै गर्दा, गाडीमा यात्रा गर्दैगर्दा वा कार्यालयमा काममा खटिइरहेका बेलामात्र हैन, ट्वाइलेट बस्दा, खाना खाँदा वा मस्त निद्रालाई ब्रेक दिएर पनि मानिसहरु स्मार्टफोनमै झुण्डिइरहेका हुन्छन् ।
phoneअर्थात् स्मार्टफोनको प्रयोग एक सिमितको लत अर्थात नशा बन्न थालेको छ । जसले गर्दा उर्वर समय स्मार्टफोनले खाइदिन थालेको छ भने घर परिवार र सम्बन्धहरुमा पनि समस्या ल्याउन थालेको छ । यसले तपाईको खुसी, तपाईको मानसिक बिकाश, शैक्षिक एवं सामाजिक सम्भावनालाई समेत नष्ट गरिरहेको हुनसक्छ ।
बिभिन्न अध्ययनहरुले दिनमा दुई घण्टाभन्दा धेरै समय स्मार्टफोनमा सक्रिय हुनुलाई नशाको रुपमा ब्याख्या गरेका छन् ।
स्मार्टफोन यस्तो नशा कसरी घटाउने ? कहिलेकाहीं तपाईलाई लाग्छ होला स्मार्टफोनको नशामा यति धेरै डुबिसकें कि अब छुटकारा पाउनै सक्दिन् ।
लागूऔषध, मध्यपान र धूमपानको कूलत त हटाउन सकिन्छ भने स्मार्टफोनको लत हटाउन नसकिने कुरै छैन् । मात्र तपाईंले चाहनुपर्छ ।
यदि तपाईले स्मार्टफोन प्रयोगको दायरा आफैले निर्धारण गर्नुभयो, केही साबधानी अपनाउनुभयो भने स्मार्टफोनको लतबाट छुटकारा पाउन सक्नुहुन्छ ।
१. नोटिफिकेसन अफ गर्नुहोस्
नोटिफिकेसन यस्तो एउटा माध्यम हो जसले तपाईलाई हरदम स्मार्टफोन वा सामाजिक संजालसँग जोडिरहन बाध्य बनाउँछ । फेसबुकमा तपाईको फोटोमा कसैले लाइक गरेको वा कमेन्ट गरेको मात्र हैन, तपाईले अरु कसैको तस्वीरमा गरेको लाइक वा कमेन्टको नोटिफिकेसनले पनि हैरान बनाउँछ ।
एकपटक नोटिफिकेसन आएपछि त्यसलाई चेक गर्दा मानिस झण्डै आधा घण्टा फोनमा समय बिताउँछ । जसले गर्दा तपाईको उर्वर समय यस्तै नोटिफिकेसनसँग बरालिदै वित्छ ।
त्यसैले आफ्नो स्मार्टफोनमा यस्ता अनाबश्यक नोटिफिकेसन नराख्नु राम्रो हुन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक संजालका नोटिफिकेसन सामान्यतयाः अफ गर्नु नै बुद्धिमानी हुन्छ ।
एसएमएस लगायतका अन्य नोटिफिकेसनलाई पनि भ्वाइस अलर्ट अफ गरेर स्मार्टफोन इंगेजमेन्ट कम गर्न सकिन्छ ।
Phone-timeline-today२. कति सयम स्मार्टफोनमा बित्यो ? हिसाव निकाल्नुहोस्
औसत हामीले दिनमा कति घण्टा फोन बिताउँछौं ? कहिलेकाहीँ यस्तो समय दिनमा चार-पाँच घण्टाभन्दा बढि हुनसक्छ । तर, यसबारेमा हामी अनबिज्ञ हुन्छौं ।
त्यसैले यदि तपाई आफ्नो स्मार्टफोन प्रयोगको समय घटाउन चाहनुहुन्छ भने फोन प्रयोगको हिसाव राख्न थाल्नुस् । त्यसका लागि एन्ड्रोइड अपरेटिङ सिस्टममा ‘क्वालिटी टाइम’ र आईओएसमा ‘मोमेन्ट’ नामक एप्स प्रयोग गर्न सकिन्छ ।
यी एप्सले तपाईलाई स्मार्टफोन प्रयोगको समयमात्र हिसाव राख्दैनन्, यदि तपाईले फोनमा धेरै समय बिताइरहनुभएको छ भने चेतावनीसमेत पठाउँछन् ।
३. फोन फ्रि समय र क्षेत्र निर्धारण गर्नुहोस्
सामान्यतयाः बाथरुम जाँदा, खाना खाँदा, सिनेमा हेर्दा वा किताव पढ्दा हामीलाई फोनको जरुरी हुँदैन् । तर, हामी यस्तै बेलामा समेत स्मार्टफोन प्रयोग गरिरहेका हुन्छौं, मानौं फोन छाड्यो भने संसार नै डुब्छ ।
तर, तपाईले यस्तो बेलामा आफुलाई जति फोनबाट टाढा राख्न सक्नुभयो तपाईलाई सोच्न, परिवारसँग समय बिताउन र आनन्द लिन समय मिल्छ । त्यसैले यस्तो एउटा समय निर्धारण गर्नुहोस् जहाँ तपाई फोन चलाउनुहुन्न । यस्तो बेलामा तपाईले फोन एरोप्लेन मोड वा बिजी मोडमा राख्न सक्नुहुन्छ ।
४. फोनलाई अलार्म क्लक नबनाउनुहोस्
अलार्म बजाउने घडीका रुपमा फोनलाई प्रयोग गर्दा पनि यसको प्रयोग बढिरहेको छ । अलार्म सेट गर्ने बहानामा बेलुकी एकाध धण्टा र बिहान अलार्मसँगै अर्को एकाध धण्टा स्मार्टफोन चलाउने बानी नै बसिसकेको हुन्छ ।
त्यसैले आफ्नो फोनलाई अलार्म घडी नबनाउनु नै बेश । आफ्नो बेडरुमलाई स्मार्टफोन निषेधित क्षेत्र बनाउँदा तपाईको निद्रा, स्वास्थ्य र सम्बन्धसमेत मजबुद हुन्छ ।
५. प्रबिधिबाट छुट्टी लिन सिक्नुहोस्
यदि तपाईलाई माथिका कुनै पनि सुझावले काम गरेन भने आफैंले आफुलाई प्रबिधिबाट मुक्त हुन अभ्यस्त गर्नुहोस् । निश्चीत समय फोन अफ गर्ने तालिका बनाउनुहोस् । फोन नबोक्ने समय र सन्र्दभहरु निर्धारण गर्नुहोस् । फोन चलाउँदा एकैपटक मिस्ड कल, एसएमएस, सोसल मिडिया नोटिफिकेसन आदि चेक गर्नुहोस् र सकेसम्म छिटो फोन अफ गर्नुहोस् ।
यसले तपाईका साथीभाई र परिवारलाई पनि थाहा हुने छ कि तपाईको फोन कतिबेला खुल्छ र कतिबेला अफ हुन्छ । जसले गर्दा तपाईबाट उनीहरुले तुरुन्तै रेस्पोन्सको अपेक्षा गर्ने छैनन् । -मासाबेलबाट

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment