English Edition

मेस्सिको ह्याट्रिक किर्तिमान

   
रायो भालेकानोलार्इ बार्सिलोनाले ६-१ गोल अन्तरले हराउने क्रममा लियोनेल मेसीले स्पेनिस ला लिगामा ह्याट्रिकको नयाँ कीर्तिमान बनाएका छन् । उनले १२ मिनेटभित्र ह्याट्रिक पूरा गरेर ला लिगमा सबैभन्दा चाँडो ह्याट्रिक पूरा गर्ने अर्को कीर्तिमान पनि बनाउन भ्याए ।

उनले रायो भालेकानोविरुद्द खेलको दोस्रो हाफको ५६ औं, ६३ औं र ६८ औं मिनेटमा गोल गर्दै सर्वाधिक छिटो ह्याट्रिकको कीर्तिमान बनाएका हुन् ।

आइतबार साँझ बार्सिलोनाको जीतमा ह्याट्रिक गरेका मेसीले स्पेनिस ला लिगामा सर्वाधिक २४ ह्याट्रिकको नयाँ कीर्तिमान बनाएका हुन् । उनले रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलार्इ पछि पार्दै ला लिगामा सर्वाधिक ह्याट्रिकको रेकर्ड बनाए । रोनाल्डोले हालसम्म ला लिगामा २३ ह्याट्रिक लगाएका छन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको यो खेलमा मेस्सीले दोस्रो हाफको ११ मिनेटभित्र ह्याट्रिक पूरा गरेका हुन् । यो खेलमा लुइस स्वारेजले २ र जेर्राड पिकेले १ गोल गरे । यो सँगै मेस्सीले सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि ३२ ह्याट्रिक लगाइसकेका छन् ।

उनले स्पेनिस ला लिगामा २४, च्याम्पियन्स लिगमा ५,  स्पेनिस कपमा २ र स्पेनिस सुपर कपमा १ एक ह्याट्रिक गरिसकेका छन् ।

मेसीपछि सबै प्रतिस्पर्धामा स्पेनिस क्लब एथ्लेटिक बिल्बओका लागि तेल्मो जाराले यसअघि ३१ ह्याट्रिक गरेको रेकर्ड थियो । उनीपछि अल्फ्रेडो डि स्टेफनोले २८ ह्याट्रिक र क्रिस्टियानो रोनाल्डोले २७ ह्याट्रिक लगाइसकेका छन् ।

बार्साको यो जितसँगै स्पेनिस लिगको तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको ६२ अंक भएको छ भने रियल मड्रिड भने एथ्लेटिको बिल्बाओसँगको शनिबारको खेलमा हारेपछि ६१ अंकका दोस्रो स्थानमा धकेलिएको छ। - 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment