हाल बलिउडकी सबैभन्दा सफल नायिका प्रियंका चोपडा अव आफ्नै देश भारतबाट टाढा हुने भएकी छिन् । मिस वल्र्ड समेत बनेकी प्रियंका चोपडा आफ्नो करियरमा अझ ठूलो इट्टा थप्नका लागि भारत छोड्दै छिन् ।
उनले हलिउडमा जाने तयारी गरिरहेकी छिन् । अमेरिकाको स्टुडियो ‘एबीसी नेटवर्क’ सित एक वर्षको करार गरेकी छिन् प्रियंकाले । करारअनुसार प्रियंकाको पारिश्रमिक पनि उच्च रहेको छ । यसका लागि उनी पुरै ६ महिना अमेरिकामा रहने छिन् । एकपछि अर्को सफलता हासिल गर्दै गएकी प्रियंकालाई यसले थप सफलताको चुलीमा पुर्याएको छ । उनको मुख्य भूमिका रहेको संजय लिला भंसालीको ‘बाजीराव मस्तानी’ र जोया अख्तरको ‘दिल धड्कने दो’ दुई फिल्म आउने तयारीमा छ ।
Source : Filmyupdate

0 comments :
Post a Comment