English Edition

घाँस दाउरा गरेर हुर्केकी जमुना अष्ट्रेलियाकी आठौं धनी महिला

काठमाण्डौ । महिलाहरु पुरुषभन्दा कुनै क्षेत्रमा कम छैनन् भन्ने दृष्टान्त पेश गर्दै नेपाली चेली जमुना गुरुङ अष्ट्रेलियाका आठौं धनी महिलाको सूचीमा पर्न सफल भएकी छिन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘बीआरडब्लु म्यागेजिन’ ले गुरुङलाई सन् २०१५ का सर्वाधिक धनी महिलाको सूचीमा गुरुङ आठौं नम्बरमा राखेको छ । गुरुङ अष्ट्रेलियामा व्यवसाय गर्दै आइरहेकी छिन् । नेपालको लम्जुङमा जन्मिएकी गुरुङ गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका पति शेष घलेसँगै उच्च शिक्षाका लागि सन् १९९१ मा अष्ट्रेलिया पुगेका थिइन् । श्रीमानसँगको साझेदारीमा एमआईटी कलेजको स्थापनासँगै उनीहरुको सम्वृद्धि यात्रा अघि बढेको हो । ‘अन्य आम नेपाली महिलाहरुजस्तै म पनि गाउँमा घाँस दाउरा गर्दै हुर्किएकी हुँ’ आफ्नो बाल्यकालबारे सम्झँदै गुरुङले भनिन्- बिहान पानी बोकेर, घाँस दाउरा गरेर स्कूल जान्थेँ ।’ आफ्ना अभिभावकले शिक्षाको महत्व बुझेर पढाएका कारण अघि बढ्न सहज भएको उनी बताउँछिन् । अष्ट्रेलियन म्यागेजिनका अनुसार यो बर्ष जमुनाको सम्पत्ति २६ करोड ४० लाख अष्ट्रेलियन डलर (झण्डै २० अर्ब रुपैयाँ) पुगेको छ । अघिल्लो बर्ष गुरुङ १० करोड अष्ट्रेलियन डलरसहित यो सूचीको एघारौं नम्बरमा थिइन् । एक बर्षको अवधिमा गुरुङले अष्ट्रेलियाका धनी महिलामध्ये सबैभन्दा धेरै प्रगति हासिल गरेकी छिन् । गत वर्षभन्दा तीन स्थान माथि उक्लिँदै उनले झण्डै १६ करोड अष्ट्रेलियन डलर सम्पत्ति थप गरेकी छिन् । यो वर्ष सबैभन्दा धेरै कमाउने महिलाहरुको सूचीमा उनी एक नम्बरमा छिन् । आफ्ना पति शेष घलेसँगको साझेदारीमा उनले मेलवर्नमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज सञ्चालन गरिरहेकी छिन् । उनको सम्पत्तिको महत्वपूर्ण यही कलेजको आम्दानी रहेको बीआरडब्लुले जनाएको छ । पत्रिकाका अनुसार गत वर्ष कलेजको आम्दानी झण्डै ६० प्रतिशतले बढेको छ । जमुना अष्ट्रेलियाका २०० धनीहरुको सूचीमा सन् २०१४ मा १५१ औं स्थानमा थिइन् । एमआईटी ग्रुप होल्डिङ्स मार्फत् रियलस्टेट कारोबारमासमेत संलग्न यो जोडीले मेलवर्न र सिड्नीका महत्वपूर्ण स्थानका पुरातात्विक महत्वका भवनको स्वामित्व लिएको छ । एमआईटी ग्रुप होल्डिङ्स मार्फत् काठमाण्डौमा निर्माण सुरु भएको ‘शेराटन काठमाण्डौं होटल’की मुख्य साझेदार पनि गुरुङ नै हुन् । उनीहरुले मेलवर्नमा पनि करिव ८० तले कम्प्लेसक्स र होटल बनाउने तयारी गरिरहेका छन् । एमअाइटी ग्रुप फाउन्डेसनमार्फत एक अर्ब रूपैयाँको परोपकारी कोष घोषणा गर्दै घले दम्पत्ति एमअाइटी ग्रुप फाउन्डेसनमार्फत एक अर्ब रूपैयाँको परोपकारी कोष घोषणा गर्दै घले दम्पत्ति नेपालमा स्वास्थ्य र शिक्षामा परोपकारी काम गर्ने लक्ष्यसहित हालै घले दम्पत्तिले नेपालमा एक अर्ब रुपैयाँको परोपकारी कोषको घोषणा गरेका छन्
source - aajakosamachar

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment