English Edition

शाहरुख खान दाेस्राे पटक नेपालमा

पत्रकार सम्मेलनमा प्रश्नै सोध्न दिइएन
नेरोल्याकको सिसारहित रंग प्रयोग अभियान ‘यू क्यान’ नेपाल अभियानको उद्घाटन गर्दै बलिउड अभिनेता शाहरूख खानले करिब १५-१६ वर्षपछि काठमाडौं आएको स्मरण गर्दै सपरिवार फेरि नेपाल आउने बताएका छन्।
यसअघि आइतबार नेपाल आउने कार्यक्रम रहेतापनि चार दिनको अवरुद्ध पछि खुलेको त्रिभुवन विमानस्थलमा भएको हवाइचापका कारण उनी सोमबारमात्र काठमाडौं उत्रेका हुन्।
विमानस्थलबाट सिधै हायाता होटल पुगेका खानले नेरोल्याक पेन्टसको दिगो विकास अभियान अन्तर्गतको वातावरण मैत्री फेसबुक पेज ‘यू-क्यान’ उद्घाटन गरे। पेजको उद्घाटन गर्दै खानले नेरोल्याकका पेन्ट क्यानहरुलाई सुन्दर गमलाका रूपमा परिवर्तन गर्न उत्कृष्ट पाँच गमलालाई पुरस्कृत गरिने पनि बताए।
यसका साथै पछिल्लो पाँच वर्षदेखि आफू नेरोल्याकसँग आवद्द रहिरहेको बताउँदै यसको वातावरण मैत्री अभियानमा सहभागी हुन आग्रह गरे। हिजो आइतबार नै काठमाडौं आउन नपाएकोमा दु: ख व्यक्त गर्दै उनले सोका लागि माफी पनि मागे।
शाहरूखसँग साक्षात्कारका लागि संचारकर्मीहरु होटल हायातमा तीन बजेदेखि नै प्रतिक्षारत थिए। खानलाई लामो समय कुरेका संचारकर्मीलाई प्रश्न सोध्ने मौका नदिदाँ निराश बनेका थिए। कार्यक्रममा केबल दुई प्रश्न सोध्न दिइयो जसका कारण प्रेसमिट खल्लो बन्न पुग्यो। त्यस्तै खानसँग फोटो खिचाउन र आटोग्राफ लिन पुगेकाको चाहना पनि अधुरो नै रह्यो। खान आउने थाहा पाएपछि उनको एक झल्को पाउने उनका समर्थकहरु विमानस्थल पुगेका थिए। हायात बाहिर पनि उनका समर्थकहरू उल्लेख्य मात्रामा उपस्थित थिए। शाहरूख खान आजै भारत फर्किनेछन्
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment