नेपाली वेभ यूरोप ।
स्याड्जा थूमपोखरा गा वि स वडा नं ५ मा जन्मेका गोकर्ण (गोपाल ) डुम्रे हाल स्पेन बार्सिलोनामा आफ्नै परिवारसगै बस्दै आएका छन् । हाल उनि बार्सिलोनाको चर्चित फुटबल क्लब कान्भिदालेतमा आफ्नो फुटवल खेललाई निरन्तरता दिदै आएका छन् । आफु खेल्ने टिम Cadete B , Second Division मा हप्ताको ३ दिन Training र प्रत्येक आइतबार खेल खेल्ने उनको क्लब हाल अहिले चौथो स्थानमा छ । गएको हप्ता CORNELLA UD को आफ्नो Category को टिम लाई २ – १ ले जितेको थियो । बार्सिलोनाकै FLORIDA CF मा दुई वर्ष आफ्नो टिमको क्याप्टेन भइ फूटबल खेलेका गोकर्ण Midfielder र Defence खेल्ने गरेका छन् । पारिवारिक सपोटले पनि आफु आफ्नो लक्ष्यमा पुग्नेमा आफु ढुक्क रहेको र आफ्नो हिम्मत तथा जोश बढेर आएको डुम्रे बताउछन् ।
भाईले लगनसिलता र मेहेनतका साथ फूटबल खेल्दै गयो भने आफ्नो लक्ष्यमा पुग्न गार्हो हुनेछैन र एकदिन अवश्य पनि नेपालको टिममा खेल्नेछ भन्ने लाग्छ ,गोकर्णका दाजु कुशल डुम्रे भन्छन् । गोकर्ण सगसगै खेल्ने उनका साथी FERRAn CORTES ORGILLES ले नेपाली वेभ मिडिया यूरोपसंग भने गोकर्ण एकदमै अनुशासित र मिहिनेतका साथ खेल्छन् क्लबमा सबैको प्रिय बनेका छन् । उता आफ्नो पढाईलाई पनी निरन्तरता दिदै आएका डुम्रे IES Torras i Bages बार्सिलोनामा सेकेन्डेरी लेबलको अध्ययन गर्दै आएका छन् । निकट भविस्यमा नेपालको यूथ Category मा खेल्ने इच्छा राख्दै परिवार ,समाज र देशकै नाम उचो राख्ने सपना बुनेका गोकर्ण नेपाली जन सम्पर्क समिति स्पेनका वर्तमान अधक्ष्य शालिकराम डुम्रेका कान्छा छोरा हुन् ।
गोकर्ण डुम्रे आफ्नो खेल प्रदर्शन गर्दै ,भिडियो हेर्न तल लिड्कमा जानुहोला ।
source - nepaliwave,com
0 comments :
Post a Comment