English Edition

अपडेटः खुल्यो विमानस्थल, चार दिनसम्म चौविसै घण्टा सेवा, अतिरिक्त उडानमार्फत् यात्रुको उद्धार विमानस्थल चौविसै घण्टा सञ्चालन हुने



turkish-Air-New
२३ फागुन, काठमाडौं ।  टर्किस एयरलाइन्सको विमान दुर्घटना भएपछि चार दिनदेखि अबरुद्ध भएको त्रिभुवन बिमानस्थलको अन्तराष्ट्रिय सेवा सुरु भएको छ ।
गत बुधबार अवतरण गर्नेक्रममा टर्किस एयरको बिमान धावनमार्गको छेऊमा धसिएपछि अन्तराष्ट्रिय बिमानस्थलको सवै सेवा बन्द भएको थियो ।
शनिवार साँझ टर्किस प्राविधिक टोलीको सहयोगमा बिमानलाई धावनमार्गबाट तानेर पार्किङ क्षेत्रमा पुर्‍याएपछि बिमानस्थल सेवा सुचारु भएको छ ।
साढे ७ बजेदेखि बिमानस्थलमा चेकइन सुरु भइसकेको छ । बिमान सेवा कम्पनीहरुले आजै साँझदेखि उडान थाल्ने तयारी गरिरहेको त्रिभुवन बिमानस्थल ब्यबस्थापनले जनाएको छ ।
‘९ बजेदेखि उडान र अबतरण नै सुरु हुन्छ, अब बिमानस्थल खुलिसक्यो’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिसचन्द्रलाल सुमनले अनलाइनखबरसँग भने ।
बिमान हटाउन नेपाली प्राबिधिक पर्याप्त नभएपछि भारतीय सेनाको सहयोग लिएको थियो भने अन्त्यमा टर्किस एयरलाइन्सको टोलीले जहाज तान्ने प्रकृयाको जिम्मा लिएको थियो ।
नेपाली र विदेशी प्राविधक टोली, नेपाल आर्मी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी, विमानस्थल विस्तार गर्ने ठेकेदार कम्पनीका कर्मचारी लगायत सयौंजना खटिएका थिए ।
विमानस्थल चौविसै घण्टा खुल्ला
चार दिनदेखि अवरुद्ध विमानस्थल खुलेपछि चौबिसै घण्टा सञ्चालन गर्ने तयारीमा विमानस्थल कार्यालय जुटेको छ । विमानस्थल अबरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित गर्न चौबिसै घण्टा उडान-अवतरणको व्यवस्था मिलाउन लागिएको हो ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लाल सुमनले सहज नभएसम्म विमानस्थल चौबिसै घण्टा खुल्ला गरिने बताए । आगामी बुधबार बिहानसम्म चौविसै घण्टा बिमानस्थल संचालन गरिने बिमानस्थल ब्यबस्थापनले जनाएको छ ।
टर्किसले जिम्मा लिएपछि सहज
धसिएको ठाउँबाट निकालेपछि पनि नेपाली टोली जहाज गुडाउन डराइरहेको थियो । जहाजको अघिल्लो भाग लोड गरिएको ट्रक चलाएर जहाज गुडाउनुपर्ने भए पनि जहाज तान्नेक्रममा क्षति नहोस् भनेर ढिला भइरहेको थियो ।
तर, अपरान्ह करिव सवा ३ बजे नयाँ दिल्लीबाट सेस्ना जहाज चार्टर गरेर आएको टर्किस एयरको टोलीले जहाज जिम्मा लिएपछि टर्किसकै प्राबिधिले जहाज तान्ने प्रकृया अगाडी बढाए । टर्किस प्राबिधिकले ट्रक चलाएर जहाज तानेपछि पार्किङमा लगियो ।
अहिले जहाज आन्तरिक टर्मिनल अगाडीको पार्किङमा राखिएको छ । जसका कारण ल्याण्ड गर्ने जहाजले ट्याक्सी वे-२ प्रयोग गरी पार्किङमा जान सक्दैनन् । तर, यसले उडान अबतरणमा खासै असर नपुग्ने बिमानस्थल ब्यबस्थापनले जनाएको छ ।
पहिलो उडान नेपाल एयरलाइन्सको, टर्किसको उडान आइतबार
धावनमार्ग खुलेपछि साँझदेखि त्रिभुवन बिमानस्थलमा चहलपहल बढेको छ । नेपाल एयरलाइन्सले साढे ९ बजे दिल्लीका लागि र ११ बजे दोहाका लागि उडान भर्न लागेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । यसैगरि ओमान एयरको बिमान राती सवा ३ बजे अवतरण गर्ने छ ।
यसैवीच टर्किस एयरले भोलिदेखि आफ्नो नियमित उडान गर्ने भएको छ । तालिकाअनुसार भोली बिहान साढे ६ बजे टर्किसको नयाँ बिमान त्रिभुवन बिमानस्थल आइपुग्ने छ ।
जहाज मर्मतका लागि एयरबसको टोली पनि काठमाण्डौ आइपुग्ने बताइएको छ । अन्य एयरलाइन्सहरुले पनि भोलिदेखि नियमित उडान थाल्ने तयारी गरिरहेका छन् ।
चाप घटाउन अतिरिक्त उडान
यसैवीच नेपालमा धेरै उडान गर्ने बिभिन्न बिदेशी एयरलाइन्सहरुले यात्रु चाप घटाउन अतिरिक्त उडान गर्ने तयारी गरिरहेका छन् । सवैभन्दा धेरै यात्रु मलेसियामा अलपत्र परेका छन् ।
‘हामीले भोली नै अतिरिक्त उडानमार्फत् सवै यात्रुको उद्धार गरी नेपाल ल्याउँदैछौं’ नेपालका लागि एयर एशियाको जनरल सेल्स एजेन्ट-जीएसए) इन्सेन्टिभ ग्रुपका कार्यकारी अध्यक्ष हरिमान लामाले अनलाइनखबरसँग भने-‘भोलि नै सवै यात्रु ल्याएर पर्सीदेखि नियमित उडान गछौर्ं ।’ एयर एशियाले नेपालमा दैनिक उडान गर्दै आएको छ ।
यसैगरी कतार एयरवेज, थाइ एयर लगायत नेपालमा धेरै उडान गर्ने बिदेशी एयरलाइन्सहरुले पनि अतिरिक्त उडानमार्फत् भएपनि यात्रुलाई भोली नै काठमाण्डौ ल्याउने तयारी गरिरहेको बताएका छन् ।
टर्किस विमानलाई रन वेबाट हटाउँदा गरिएका प्रयास तस्वीरमा हेर्नुस् -

turkish Air (3)
turkish Air (1)
 turkish Air (6)turkish-Air-(8)turkish Air (5)     Turkis-plane-at-run-way
source- onlinekhabar,com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment