English Edition

नारी दिवशको उप्लक्ष्यमा राजधानीमा महिलाहरुको निम्ति पिंक सेवा संचालन

 
    राजधानीमा आइतबार महिला सार्वजनिक यातायात सुरु हुने भएको छ। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा 'पिंक सेवा' सञ्चालनमा ल्याउन लागिएको सञ्चालक संस्था क्याप नेपाल र सशक्त महिला सशक्त समाजले जनाएका छन्। 
नारी दिवसकै दिन पारेर उद्घाटन गर्न लागिएको सो बस साँखु– रत्नपार्क रुटमा चल्ने भएको छ । सेवाको उट्घाटन पहिलो टेम्पो चालक लक्ष्मी शर्माले पद्मकन्या कलेजअघि गर्ने कार्यक्रम छ ।
सुरुमा दुई वटा र छिट्टै दस वटा बस राजधानीको चक्रपथ तथा भित्री रुटमा सञ्चालन गरिने सञ्चालक संस्था सशक्त महिला सशक्त समाजकी अध्यक्ष सम्झना फुयाँलले बताइन् । प्रत्येक दस मिनेटभित्र कुनै पनि स्टेसनबाट छुटिसक्ने बसको छुट्टै विशेषता भएको अध्यक्ष फुयाँलले बताइन् ।

फुयाँलका अनुसार बस चालक र सहयोगी कर्मचारी दुवै महिला नै रहनेछन् ।

सेफ सिटी इन्डिया र सशक्त महिला समाजले गत सेप्टेम्बरमा नेपालमा गरेको अध्ययन सर्वेक्षणले सार्वजनिक यातायातमा चढ्ने महिलामध्ये ७१ प्रतिशत दुव्र्यवहारको सिकार हुने गरेको देखाएको थियो।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment