English Edition

बलिवुड बादशाह शाहरुख खानको अगाडी प्रियंका कार्कीको लुंगी डान्स

 यो बर्ष नेपालको लागि सर्वाधिक बलिउड कलाकार भित्रिएको बर्ष बन्न पुगेको छ । यस बर्ष नेपालमा आमिर खान , अक्षय कुमार लगायतका कलाकार आइसकेका छन् भने शाहरुख खान पनि भोलि आउदैछन । यिनको नेपाल आगमनको कारण फरक भए पनि यो बर्ष बलिउडकर्मिको वर्षा नै भएको छ नेपालमा ।

सन्नी लियोनी , जितेन्द्र , जारीन खान , रविना टन्डन , कपिल शर्मा , अनुपम खेर लगायतका कलाकार नेपाल आइसकेका छन् । आमिर र अक्षय गुपचुप नेपाल आए भने शाहरुख आउने हल्ला पहिले देखि नै भईरहेको छ । शाहरुख सहभागी हुने कार्यक्रमको लगभग तयारी पुरा भईसकेको बुझिएको छ । भारतीय राजदुतावासले सुरक्षाको जिम्मा लिएको छ भने शाहरुख २४ घण्टा भित्र नेपालबाट फर्किने बुझिएको छ ।

फागुन २४ गते ११ बजे नेपाल ल्याण्ड हुने शाहरुखले पत्रकारलाई ह्यात रेजेन्सी होटेलमा दिउसो ४ बजे भेट्नेछन । बुझिएअनुसार शाहरुखसंग नायिका प्रियंका कार्कीले मात्र स्टेज शेयर गर्नेछिन् । श्रोत भन्छ ‘डान्स बाहेकको सबै प्रस्तुति शाहरुखको टिमले क्यान्सिल गरेको छ त्यसैले अकेशा बिष्टको उद्घोषण र विल्सन विक्रम राईको कमेडी अब शाहरुखको अगाडी प्रस्तुत गरिनेछैन ।’ कार्यक्रममा प्रियंकाले डान्स गर्ने तय गरिएको थियो ।

बुझिएअनुसार प्रियंकाले ह्यापी न्यु इयरको- लभ्ली , डनको- आज कि रात , चेन्नई एक्सप्रेसको – लुंगी डान्स , शक्तिको – इश्क कमिना , बिल्लु बार्बरको – मर्जानी मर्जानी गीतमा ७ मिनेट नृत्य गर्नेछिन् । तर प्रियंकाको नृत्य हेरिरहेका शाहरुख नृत्य गर्न स्टेजमा जान्छन या जादैनन् यो भने स्वयम् प्रियंकालाई पनि थाहा छैन रे । तर हालै टेलिभिजनको पर्दामा समेत शो होस्ट गरिरहेका शाहरुखले कार्यक्रमलाई रमाइलो बनाउनको लागि कुनै कसर पनि बाकि नराख्ने अनुमान सहजै लगाउन सकिन्छ । प्रियंकाले १२ जना कोरस सहित नृत्य गर्नेछिन् । याक एण्ड यतिमा हुने कार्यक्रममा कान्साई नेरोल्याक पेन्ट्सले छानेको व्यक्तिले मात्र प्रवेश पाउने बुझिएको छ ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment