English Edition

आउँदो मार्च १६ तारिक सोमबार तोचिगी केनमा "जेरी" प्रदर्शन हुने


तोचिगी नेपाली समाजले यहि आउदो मिति २०१५.३.१६ तारिक सोमबारको दिन १८.००
 बजे बाट नेपाली कथानक चलचित्र "जेरी" तोचिगीकेनको तोचिगी -शि मा प्रदर्शन गरिने  जानकारी मा आएको छ I "जेरी" टिनएज रोमान्स ड्रामा जेनरमा बनेको र पछिल्लो समयमा नेपाली चलचित्र उद्दोगमा ब्लकबष्टर हुन सफल भएको नेपाली कथानक चलचित्र हो I 
"नेपाल र नेपालीको लागि" भन्ने आवाज सहित जापानको तोचिगिमा बस्नुहुने सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदि- बहिनिहरुलाई उक्त दिन चलचित्र हेर्न आई सहयोग गरिदिनु हुन तोचिगी नेपाली समाजको अध्यक्ष बिजय श्रेष्ठले यसै सूचना मार्फत अनुरोध गर्नु भएको छ | उक्त चलचित्र साँझ ६ बजे बाट प्रदर्शन गरिने र दर्शकहरुलाई हल सम्म पुग्न सजिलोको निम्ति  रेल स्टेशन देखि हल सम्म ठाउँ-ठाउँमा स्वयंसेवकहरु परिचालन गरिने पनि सचिब सरद गिरिले जानकारी दिनु भएको छ I तोचिगी केन हाल आएर नेपालीहरुको उल्लेखीय  बसोबास भएको ठाउँ हो I
तोचिगी नेपाली समाजले उक्त फिल्मबाट भएको मुनाफा नेपालमा असहायहरुलाई सहयोग गर्ने पनि जनाएको छ I समाजले आउदो दिनहरुमा विभिन्न कार्यक्रम गर्ने पनि अध्यक्ष  बिजय श्रेष्ठले बताउनु भएको छ |
"जेरी" बिश्वका उत्कृष्ट गन्तब्य मध्य एक मुस्तांङ् जिल्लामा छायांकन गरिएको चलचित्र हो I छायाँकारले मुस्तांङ्का प्राकृतिक  सम्पदाहरुलाई उत्कृष्ट तवरले पर्दामा उतारेका छन् साथै मुस्तांगका सस्कृति लाई पनि केहि हद सम्म समेटेका छन् I 
निर्देशक हेमराज बिसी,निर्माता मनोज शेरचन र सहनिर्माता सम्राट प्रसाद गौचन रहेको जेरिको छायांकन शैलेन्द्र डी कार्कीले गरेका हुन् चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र आना शर्मा तथा सहनायक नायिकामा क्रमश अभिषेक मान शेरचन र अमालिया शर्माले अभिनय गरेका छन् I 

Note:-बृस्तृत जानकारीका तलका नम्बरहरुमा सम्पर्क गर्नुहोला :-
Bijay Shrestha >08043828925
Sarad>08064970740
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment