एजेन्सी । मानिस मरेपछि मसानघाटमा अन्त्यष्टी गर्ने चलन त हामीलाई थाहै छ । तर के तपाइँलाई थाहा छ हवाइजहाज पुराना भए वा विग्रे भने चाँहि के गरिन्छ ? अनौठो लाग्न सक्छ अमेरिकाको एरिजोनामा विमान अर्थात हवाइ जहाजको मसानघाट छ ।
करिव १३०० वटा फुटवल मैदानको आकारमा रहेको यो मरुभूमि क्षेत्रमा हजारौंको संख्यामा पुराना र विग्रिएका सैनिक विमान थुप्रिएका छन् ।
बेनयार्ड पनि भनिने यो स्थानमा विमान नै बिमानको थुप्रो लागेको छ । यो मरुभूमि क्षेत्रलाई विमानको मसानघाट भन्ने गरिन्छ ।
यो बेनयार्डमा ठूला ठूला बम वर्षक विमान, ए10 थण्डरबोल्ट्स, हर्क्युलस फाइटर्स र एफ-14 टोमट्याङ्क फाइटर्स जस्ता विमान देख्न पाइन्छ ।
यहाँ राखिएका विमानलाई मर्मत गर्ने र नयाँ बनाउने एउटा समूह समेत छ ।
संसारका सबै देशले यहाँ राखिएका विमानबाट पुराना पाट पुर्जा किन्न समेत पाउँछन् । दोश्रो विश्वयुद्धमा अमेरिकाले प्रयोग गरेका विमान समेत यहाँ राखिएको छ ।
त्यसैगरी शितयुद्ध ताकाका विमान पनि यहाँ छन् । यहाँको वातावरणका कारण यहाँ राखिएका विमान तत्काल विग्रिने वा खिया लाग्ने समेत हुँदैन ।
source: nepaliheadlines
0 comments :
Post a Comment