पोखराको न्यूरोडमा भिषण आगलागी, चार मोटरसाइ ध्वस्त, पाँच वर्षिय बालिकाको उद्धार पोखरा १२ चैत । पोखराको न्युरोडमा आगो लागी भएको छ । आग लागीबाट दुई पसल, ४ ओटा मोटरसाइक जलेर नस्ट भएका छन । पोखरा ९ न्युरोडमा रहेको डिआइ फर्म हाउस र डिआइपी फर्निसिंग र प्रत्युसा रङ्ग पसलमा आगो लागी भएको हो । विहान ६ः४५ बजेबाट लागेको आगोले पसलमा पूर्णमा क्षर्ती पुगेको छ । तिन ओटा मोटरसाइकल भने पूर्ण रुपमा क्षती पुगेका छन भने ग ६ प २७७७ नम्वरको सिविजेड मोरसाइकल आशिंक जलेको छ । पोखराको ब्यस्त बजार न्यूरोडमा आगोलागी भएपनि दमकल आउन केही ढिला भएको कारण बढि क्षती पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । आगो निभाउन पोखरा उपहानगरपालिकाका दुई दमकल, नीजि पानी बोक्ने तिन टयांकरले प्रयोग भएका थिए । आगोग नियन्त्रणका लागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानियबासीको प्रयासमा करिव आधा घण्टामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । यामबहादुर गुरुगको घरमा आगो लागेको हो । आलागीमा दुई जना घाइते भएका छन् । गोविन्द पराजुली र शर्मिला गुरुग घाइते भएका हुन् । त्यस्तै माथिल्लो तल्लामा रहेकी ५ वर्षिय बालिका आयुष्का अधिकारीलाई भने प्रहरीले उद्धार गरेको छ । उनकी आमा अनुष्टका अधिकारी बेहोस रहेको र उपचार भैरहेको कास्की प्रहरी प्रवत्ता केदार रौजेले जानकारी दिनुभयो ।
- संजय मल्ल पोखरा
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment