English Edition

नम्रतासँग प्रियंकाको खासखुस-‘यो हट केटा को हो ?’

priyanka-and-namrata
केही खुलेको पहिरनले फागुनमा पनि नहटेको जाडोलाई चुनौती दिदै थिइन् नायिका प्रियंका कार्की । माथिल्लो भाग केही खुलेको पहिरनले पनि प्रियंकाका लागि जाडो गएछ भन्ने वुझ्न कठिन पर्दैनथ्यो ।
चलचित्र ‘झिग्राना’को विशेष शोमा पुगेकी प्रियंका कार्की नायिका नम्रता श्रेष्ठ र उनका नजिकका साथी दयाहाङ राइसँग देखिइन् । चलचित्र हेर्ने क्रममा पनि यी कलाकार एकसाथ बसेका थिए ।
नायिका प्रियंका कार्की र चलचित्र 'झिग्राना'का राम पात्र ।
नायिका प्रियंका कार्की र चलचित्र ‘झिग्राना’का राम पात्र ।
चलचित्रको सस्पेन्सले त सबै दर्शकलाई वाँधेको थियो नै । चलचित्रमा केही हट दृश्य त केही रोचक दृश्य पनि थिए । चलचित्र भित्र एक पात्र छन्, ‘राम’ । जो ट्रेकिङमा जान लागेका अन्य पात्रहरुलाई बाटो देखाउँछन् ।
चलचित्रमा अन्य कलाकारको तुलानामा ‘राम’ पात्रले  सबैलाई आकर्षण पनि गरेका छन् । तर, यी कलाकार नायिका प्रियंका कार्कीका लागि भने हट लागेछन् । जब, उनी टिसर्ट खोलेर खोलामा नुहाउँदै थिए, प्रियंकाले नम्रतालाई सोधिन्-‘कस्तो हट है ?’priyanka-karki
नम्रताले पनि नायिका प्रियंकाको आशयको जवाफ फर्काइन् । यो बिषयमा दुई नायिकाविच केही समय खासखुस नै चल्यो । नायिका कार्कीले हट देखेका व्यक्ति ज्योती कार्की हुन् । जसको कामको तारिफ चलचित्र हेर्ने धेरैले गरेका थिए । यो चलचित्र आजबाट देशभर प्रदर्शनमा आएको छ ।
Source: onlinekhabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment