English Edition

रेखासँगको ‘इन्काउन्टर’पछि आर्यनको सपनासँग यस्तो चुम्बन

aaryan-and-sapana
चुम्बन माया दर्शाउने राम्रो माध्यम पनि हो । बिहीबार काठमाण्डौमा मनाइएको फागु पूर्णीमा अर्थात होली पर्वको अवसरमा केही यस्ता रोचक दृश्य देखिएका छन् जसलार्इ हेरेर तपाइ जिब्रो टोक्नुहुनेछ ।
बिहान ९ बजेबाट निर्देशक आकाश अधिकारीले आयोजना गरेको होली कार्यक्रममा केही कलाकार नाच्नमै मस्त थिए । नायिका रेखा थापाको साथमा केही नायिकाले रमाइलो गरे । तर, रेखासँग ५ बर्षदेखि पानी बाराबारको सम्बन्धमा रहेका नायक आर्यन सिग्देल पनि रेड स्टूडियोमा पुगे । उनी श्रीमती सपना भण्डारीलार्इ साथै लिएर पुगेका थिए । देखादेख भएपनि  आर्यन र रेखाविच बोलचाल भएन ।
रेखालाई नदेखे जस्तो गर्दै आर्यन आकाशसँग केही समय होलीमा रंगिएका थिए । एक अर्काविच इन्काउन्टर भए पनि यी दुई कलाकारले मित्रताको हात बढाएनन् ।
यसपछि, आर्यन निर्माता छविराज ओझाको कार्यालयमा पुगे सपनासँगै  । च्यातिएको पाइन्टले ठूलै समस्या दिएपनि आर्यन केही समय त्यहाँ रमाएका थिए । त्यहाँबाट होली खेलेर निस्किएका आर्यनले पत्नी सपनासँग होली खेलेको एक रोचक तस्बिर सार्वजनिक गरेका छन् ।
जहाँ आर्यन र सपना चुम्बनको होली खेल्दैछन् । आर्यन र सपनाको चुम्बनको तस्बिर स्वयंम सपनाले नै सार्वजनिक गरेकी हुन् । यो तस्बिर सार्वजनिक भएपछि अहिले विभिन्न खालका प्रतिक्रिया आइरहेको छ । आखिर, सपना अार्यनकै पत्नी हुन, अाफ्नै पत्नीसँग चुम्बन गर्नु कुनै अनाैठो कुरा भएन । तर, पत्नीसँगको चुम्बनलार्इ किन अार्यनले प्रचार गर्न चाहे ?  त्यसमाथि पत्नी सपनाले नै फेसबुकमा सेयर गरेपछि उनीहरू अाफ्नो चुम्बन दुनियाँलार्इ दर्शन गराउन कति हतारोमा थिए भन्ने स्पष्ट भएको छ ।
Source: Online Khabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment