English Edition

सरकारले पारित गर्‍यो ‘राष्ट्रिय चलचित्र नीति’

minendra-riajal
नेपाल सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ । सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले आज आयोजना भएको एक कार्यक्रममा यो कुराको जानकारी दिएका हुन् । लामो समयदेखि नेपाली चलचित्रले नयाँ ‘राष्ट्रिय चलचित्र नीति’ नपाउँदा अन्यौलता छाएको थियो ।
मन्त्री रिजालले भने-‘आज म तपाइहरुलाई एउटा खुशीको कुरा सुनाउँदैछु । सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ ।’ सरकारले चलचित्र नीति पारित गरेपछि अब यस अनुसार ऐन बनाउनुपर्छ र त्यसलाई संसदले पारित गर्नुपर्छ । सरकारले नीत पारित गरेपछि अब ऐन बनाउने बाटो खुलेको छ ।
मन्त्री रिजालले राष्ट्रिय चलचित्र नीति पारित भएपछि चलचित्र क्षेत्रलाई विभिन्न कोणबाट फाइदा हुने औल्याए । उनले विदेशी चलचित्रलाई नेपालमा छायांकन गर्न सजिलो हुने, सबै भाषाका चलचित्र सहज रुपमा नेपाली हलमा चल्ने प्रावधान हुने, नेपालमा प्रशारण हुने सबै विज्ञापनमा नेपाली कलाकार नै खेल्न पाउने लगायतका फाइदा हुने जानकारी दिएका छन् ।
सरकारले ‘राष्ट्रिय चलचित्र नीति’ नबनाउँदा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा अन्यौलता मात्र छाएको थियो ।
Source : Online khabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment