English Edition

गरिमालाई लिएर बन्ने भो ‘स्काउट’

garima-panta
यसअघि चलचित्र ‘बजार, बिन्दास र बिन्दास २’ बनाएका निर्माता मधुकुमार श्रेष्ठले चलचित्र ‘स्काउट’ बनाउने भएका छन् । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको घोषणा गरिएको हो ।
सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले चलचित्रलाई शुभकामना दिएका थिए । साथमा सभासद तथा चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मी ‘स्काउट’लाई शुभकामना दिन पुगेका थिए ।
मधुकुमार श्रेष्ठको प्रस्तुती रहने यो चलचित्रमा केदार पराजुली र ईश्वर तिवारीको लगानी रहनेछ । चलचित्रलाई गोविन्द गौतमले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा गरिमा पन्त, कुशल थापा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता मधुकुमार श्रेष्ठले चलचित्र ‘स्काउट’ले स्काउट जस्तो एक पवित्र संस्थाको कथा बोल्ने बताए । उनले चलचित्र क्षेत्रमा निर्माताको हितका लागि पहल गर्न सरकारसँग आग्रह पनि गरे ।scaut-muhurta
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, एफडी कम्पनीका अध्यक्ष प्रदिप उदय लगायतले ‘स्काउट’ सफलताका लागि शुभकामना दिएका थिए । कार्यक्रममा कलाकारले संवाद बोलेर मुहुर्त सर्ट दिएका थिए ।
Source: online khabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment