English Edition

यसरी बेचिन्छन् नेपाली युवती चीन र कोरियामा

२२ फागुन, काठमाडौं । पेपर म्यारिज गरेर नेपाली युवतीलाई चीन र कोरियामा पुर्‍याउने र बेचबिखन गर्ने अन्तराष्ट्रिय गिरोह पक्राउ परेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तराष्ट्रिय हिरोहका तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पासाङ शेर्पा भन्ने छेरु शेर्पा, विपिन शिवाकोटी र कोरियन नागरिक हि चाङ पार्क छन् ।
यसरी बेचिन्छन् नेपाली चेली
अनुसन्धानका क्रममा पेपर म्यारिज गरेर नेपाली युवतीहरुलाई कसरी चीन र कोरियामा बेचिन्छ भन्ने जालो पत्ता लागेको प्रहरीले बताएको छ । संखुवासभा घर भई धापासी बस्दै आएकी छेरुले चुनदेवीमा घर भाडामा लिएर छेरु इन्टरनेशनल म्यारिज ब्यूरो सञ्चालन गरेकी छिन् ।
Nepali-Girl-Trafficking-in-China-and-Korea
जहाँ विभिन्न प्रलोभन देखाएर नेपाली युवतीहरु विवाहका लागि ल्याएर कोरियन र चिनियाँ दलालसँग समन्वयको काम हुने गरेको छ ।
नेपाली युवती र विदेशी पुरुषहरुको विवाहपछि राख्न उक्त घरमा पाँच कोठा छन् । पेपर म्यारिज हुनुअघि युवतीहरु राख्ने छुट्टै कोठा समेत छ । प्रायः कम उमेरका मंगोलियन अनुहारका युवतीहरुलाई उनीहरुको पहिलो रोजाईमा पर्ने गरेको प्रहरी अनुसन्धानले खाएको छ ।
कोरियन र चिनियाँ पुरुषलाई नेपाली युवतीहरुको फोटो देखाई नेपाल बोलाउने दलाली भने कोरियन नागरिक हि चाङ पार्कले गर्छन् । उनले नेपालमा छेरु म्यारिज ब्यूरोमा जम्मा गरेका युवतीहरुको तस्वीर देखाएर १५/२० लाख लिने र विवाहका लागि कोरियन र चिनियाँ पुरुषहरुलाई नेपाल पठाउने काम गर्दै आएका छन् ।
छानिएका युवतीहरुले ब्यूरोले नै नागरिकता र राहदानी बनाइदिने र ललितपुर, भक्तपुर सहितका जिल्ला प्रशासन कार्यालयमा सेटिङ मिलाएर विवाह दर्ता गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
विवाह दर्तापछि उनीहरुलाई कोरियन वा चिनियाँ भाषा सिकाउने र भिसा लगाउने प्रक्रिया सुरु हुन्छ । भिसा लागेपछि ब्यूरोले नै हवाई टिकट समेत ब्यवस्था गरेर पठाउने गरेको पाइएको छ ।
प्रहरीका अनुसार पेपर म्यारिज गरेर चीन वा कोरिया पुगेपछि भने नेपाली युवतीहरुलाई मानसिक यातनाका साथै यौन शोषण गर्ने गरेको पाइएको छ । यसरी बेचिएका युवतीहरुलाई बच्चा पाउने मेसिन जस्तो ब्यवहार गर्ने र बच्चा नजन्माए ज्यान मार्ने धक्की दिएपछि मात्र नेपाली युवतीहरुले आफू बेचिएको थाहा पाउने गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।
नेपाली युवतीहरुसँग विवाह गर्ने चिनियाँ र कोरियनहरु २०/३० वर्ष जेठो हुने गरेको पाइएको छ । साथै पेपर म्यारिज गरेर जाने नेपाली युवतीहरुलाई विवाह गरेको पुरुषको नाम समेत थाहा हुँदैन् ।
यसरी बेचिने नेपाली युवतीहरुको संख्या संयौं हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
Source : Online Khabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment