सन् १९६० ताका दक्षिण कोरिया संसारकै गरिबमध्ये थियो । उसको प्रतिव्यक्ति आय ६४ अमेरिकी डलर थियो । दुई कोरियाबीच १९५० देखि ३ वर्ष चलेको युद्धमा २५ लाखभन्दा बढीको ज्यान गयो । देश तहसनहस भयो । परिणामस्वरूप उसलाई तङग्रन समय लाग्यो । त्यसलाई होस्टेमा हैंसे गर्न अमेरिका र जापानले ठूलो गुन लगाए । सन् १९६४ देखि ७८ बीचमा अमेरिकाले उसलाई ऋण र अनुदान गरी ६ करोड डलर उपलब्ध गरायो । जबकि उसले त्यस अवधिमा सिंगो अपि|mकी महादेशलाई ६ करोड ८९ लाख डलर दियो । वैदेशिक सहायता सदुपयोग र विकासमा दत्तचित्त भएकै कारण कोरिया अहिले संसारका धनी देशमा गनियो । कामको खोजीमा बाहिरिएका सारा जनता देशमै तान्यो । त्यतिमात्र होइन, महँगोमा विदेशी कामदार झिकाएर चमत्कारिक विकास गर्ने हैसियतमा पुग्यो । अहिले नेपालीहरू वैदेशिक रोजगारमा जाने उत्कृष्ट गन्तव्यमा पर्छ, दक्षिण कोरिया । उसको प्रतिव्यक्ति आय ३३ हजार डलर पुग्न लाग्यो, जबकि हामीले ८ सयमा टेक्नसकेका छैनौं ।
प्रजातन्त्रपछि बामे सर्दै गरेको नेपालको विकासलाई माओवादी युद्धले थला पार्यो । गणतन्त्रसँगै देश शान्ति प्रक्रियामा अघि बढेपछि थोरै भए पनि विकासका ढोका खुलेका छन् । सडक र सञ्चारमा देश जोडिँदैछ । कुना-कुनासम्म केन्द्रको सिधा सम्पर्क बढ्दै गएको छ । ऊर्जामा स्वदेशी-विदेशी लगानी बढ्दो छ, जसले गर्दा लोडसेडिङमा धेरै वर्ष बसिरहनु पर्दैन कि भन्ने आस बढाएको छ । पढालेखा र पैसावालले कृषिलाई उद्यम बनाउन थालेका छन् ।
तर त्यो चाँदीको घेरमा फलामको छाया पर्न छाडेको छैन । अझै हामी अल्छी छौं । जे-जति विकास भइरहेका छन्, योजनाबद्ध होइन, स्वस्फुर्त छन् । हामी केही गर्न सक्छौं भन्नेमा आम नागरिक तह विश्वस्त हुनसकेको छैन । परिणामस्वरूप अमेरिका जाने चिठ्ठा भर्ने थलाहरूमा भीड लागेकै छ । वैदेशिक रोजगारका एजेन्सीहरूमा लर्को चलेकै छ । विदेशी एयरलाइन्सले नेपाली कामदार लाने-ल्याउने गरेर करोडौं डलर बाहिर लगिरहेकै छन् । नेपालीलाई यहाँभन्दा बाहिरै सुरक्षित लागिरहेको छ । नेपालभन्दा विदेश नै प्यारो बनिरहेको छ । उतैको कमाइले जितिरहेको छ ।
ललल
हामी नेपालीलाई होच्याएर बनेको एउटा जोक छ । अमेरिकामा विभिन्न देशका भ्यागुताको ट्यालेन्ट सो हुने भएछ । त्यसका लागि एउटा बट्टामा राखेर तीन-तीनवटा भ्यागुता अमेरिका पुर्याउनुपर्ने भएछ । सबै देशका भ्यागुता उपि|mंँदै बट्टाबाट भागेछन् । नेपाली मात्र पुगेछन् । कारण परेछ- बट्टाबाट जुन भाग्न खोज्छ, अर्काले खुट्टा तानेर भित्रै थेचार्दो रहेछ ।
यो नेपालीलाई भित्रैबाट दुख्ने जोक भए पनि यसमा हाम्रो स्वभाव अवश्य झल्किन्छ । हामी अर्काको कुरा काटेर र खुट्टा तानेर समय बर्बाद पारिरहेका हुन्छौं । प्रकृतिले सबै सम्पदा दिएर पनि गरिब भइरहेका हाम्रै कारण हो । अर्काको रिस गरेर, मुख ताकेर हो । अर्काको आश गरेर हो । सधैं हातमात्रै थापेर हो । आफू अघि सर्न नसकेर हो । अघि बढ्न नजानेर हो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेका छन्, 'हामीले अरू व्यक्ति वा अर्कै समय कुरेर बस्यौं भने परिवर्तन कहिल्यै आउँदैन । हामीले कुरिरहेको व्यक्ति हामी नै हौं । हामीले चाहिरहेको परिवर्तन हामी नै हौं ।'
हामी भने ठीक उल्टो मनस्थितिमा गुजि्रइरहेका छौं । चिया पसलमा राजनीतिका गफ छाँट्छौं । नेताहरूका कुरा काट्छौं । देश बिगारे भनेर सराप्छौं । देश बनाउन हामी आफैंले के गर्यौं भन्ने कहिल्यै आत्मसमीक्षा गर्दैनौं । जसलाई देश बिगारेको आरोप लाउँछौं, तिनलाई आफैं छान्छौं । न रोक्न सक्छौं, न केही नगरेकै कारण गलहत्याउन चाहन्छौं । सधैं गनगन मात्र गर्छौं । किनकि हामीसँग आफैं केही गर्ने अझै ढंग छैन । विकासलाई राजनीतिबाट अलग राख्ने तरिकै थाहा छैन ।
जसले समय चिनेर केही गर्न थालिसकेका छन्, तिनलाई सलाम छ । मासु पसल खोलेर महिनामा लाखौं कमाउने यहीं छन् । चिया बेचेर घर बनाउने, बालबच्चा पढाउने कैयौं छन् । इलम गर्नेलाई जे पनि सम्भव छ, यहाँ । विदेशबाट अर्काले गतिलो मोबाइल खेलाउँदै आएको देखेर रातारात म्यानपावर कम्पनी पुग्नु जरुरी छैन अब । सक्षम हुँदाहुँदै विदेशका पीआर र डीभीमा झुत्तिनु आवश्यक छैन, अब ।
अमेरिकी प्रथम महिला मिचेल ओबामाले भनेकी छन्, 'मेरो जीवन र मेरो आफ्नै सानो हैसियतमा मैले देशलाई केही दिने प्रयास गरेको छु, जसले मलाई प्रशस्त दियो । त्यसैले सार्वजनिक सेवामा अघि बढाउन मैले ल र्फमको जागिर छाडँें, युवाहरूलाई समुदायका लागि स्वयम्सेवा गर्न सशक्त बनाउने काम गर्दैछु । किनकि मलाई विश्वास छ- हामी सबैले देशका लागि केही न केही
योगदान गर्नैपर्छ ।'
मिचेलका बुबा पानी प्रशोधन केन्द्रको भकभक पानी उम्लिइरहने कोठाभित्र काम गर्थे । त्यो पनि राति । संघर्षशील परिवारबाट हुर्केकी उनी त्यो ठाउँमा पुग्नु हाम्रालागि शिक्षा हो । उनको जस्तै राष्ट्रप्रेम हामी सबैमा हुनुपर्छ । कसैलाई दोष लाएर मात्र देश बन्दैन । देश हाम्रो हो । देशलाई धनी बनाउनसके मात्र विदेश जाँदा अध्यागमनहरूमा दोस्रो दर्जाको व्यवहार हामीले खेप्नुपर्ने छैन । किनकि संसारले नै पुज्ने धनलाई नै हो ।
दोष राजनीतिक प्रणालीकै
बढ्ता हो । तर उनीहरूलाई दोष दिएरै हामीले दसकौं बिताइसक्यौं । अब त्यसो नगरौं । देशका लागि गरौं, देशले पक्कै दिनेछ । अमेरिका वा युरोप पनि यही धरतीका टुक्रा हुन् । उनीहरूले जे गर्नसके, हामी त्यही गर्न किन सक्दैनौं ?
Source : ekantipur.com
0 comments :
Post a Comment