English Edition

अब देश बनाऔं

AKHANDAसन् १९६० ताका दक्षिण कोरिया संसारकै गरिबमध्ये थियो । उसको प्रतिव्यक्ति आय ६४ अमेरिकी डलर थियो । दुई कोरियाबीच १९५० देखि ३ वर्ष चलेको युद्धमा २५ लाखभन्दा बढीको ज्यान गयो । देश तहसनहस भयो । परिणामस्वरूप उसलाई तङग्रन समय लाग्यो । त्यसलाई होस्टेमा हैंसे गर्न अमेरिका र जापानले ठूलो गुन लगाए । सन् १९६४ देखि ७८ बीचमा अमेरिकाले उसलाई ऋण र अनुदान गरी ६ करोड डलर उपलब्ध गरायो । जबकि उसले त्यस अवधिमा सिंगो अपि|mकी महादेशलाई ६ करोड ८९ लाख डलर दियो । 
वैदेशिक सहायता सदुपयोग र विकासमा दत्तचित्त भएकै कारण कोरिया अहिले संसारका धनी देशमा गनियो । कामको खोजीमा बाहिरिएका सारा जनता देशमै तान्यो । त्यतिमात्र होइन, महँगोमा विदेशी कामदार झिकाएर चमत्कारिक विकास गर्ने हैसियतमा पुग्यो । अहिले नेपालीहरू वैदेशिक रोजगारमा जाने उत्कृष्ट गन्तव्यमा पर्छ, दक्षिण कोरिया । उसको प्रतिव्यक्ति आय ३३ हजार डलर पुग्न लाग्यो, जबकि हामीले ८ सयमा टेक्नसकेका छैनौं । 
प्रजातन्त्रपछि बामे सर्दै गरेको नेपालको विकासलाई माओवादी युद्धले थला पार्यो । गणतन्त्रसँगै देश शान्ति प्रक्रियामा अघि बढेपछि थोरै भए पनि विकासका ढोका खुलेका छन् । सडक र सञ्चारमा देश जोडिँदैछ । कुना-कुनासम्म केन्द्रको सिधा सम्पर्क बढ्दै गएको छ । ऊर्जामा स्वदेशी-विदेशी लगानी बढ्दो छ, जसले गर्दा लोडसेडिङमा धेरै वर्ष बसिरहनु पर्दैन कि भन्ने आस बढाएको छ । पढालेखा र पैसावालले कृषिलाई उद्यम बनाउन थालेका छन् । 
तर त्यो चाँदीको घेरमा फलामको छाया पर्न छाडेको छैन । अझै हामी अल्छी छौं । जे-जति विकास भइरहेका छन्, योजनाबद्ध होइन, स्वस्फुर्त छन् । हामी केही गर्न सक्छौं भन्नेमा आम नागरिक तह विश्वस्त हुनसकेको छैन । परिणामस्वरूप अमेरिका जाने चिठ्ठा भर्ने थलाहरूमा भीड लागेकै छ । वैदेशिक रोजगारका एजेन्सीहरूमा लर्को चलेकै छ । विदेशी एयरलाइन्सले नेपाली कामदार लाने-ल्याउने गरेर करोडौं डलर बाहिर लगिरहेकै छन् । नेपालीलाई यहाँभन्दा बाहिरै सुरक्षित लागिरहेको छ । नेपालभन्दा विदेश नै प्यारो बनिरहेको छ । उतैको कमाइले जितिरहेको छ । 
ललल
हामी नेपालीलाई होच्याएर बनेको एउटा जोक छ । अमेरिकामा विभिन्न देशका भ्यागुताको ट्यालेन्ट सो हुने भएछ । त्यसका लागि एउटा बट्टामा राखेर तीन-तीनवटा भ्यागुता अमेरिका पुर्याउनुपर्ने भएछ । सबै देशका भ्यागुता उपि|mंँदै बट्टाबाट भागेछन् । नेपाली मात्र पुगेछन् । कारण परेछ- बट्टाबाट जुन भाग्न खोज्छ, अर्काले खुट्टा तानेर भित्रै थेचार्दो रहेछ । 
यो नेपालीलाई भित्रैबाट दुख्ने जोक भए पनि यसमा हाम्रो स्वभाव अवश्य झल्किन्छ । हामी अर्काको कुरा काटेर र खुट्टा तानेर समय बर्बाद पारिरहेका हुन्छौं । प्रकृतिले सबै सम्पदा दिएर पनि गरिब भइरहेका हाम्रै कारण हो । अर्काको रिस गरेर, मुख ताकेर हो । अर्काको आश गरेर हो । सधैं हातमात्रै थापेर हो । आफू अघि सर्न नसकेर हो । अघि बढ्न नजानेर हो । 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेका छन्, 'हामीले अरू व्यक्ति वा अर्कै समय कुरेर बस्यौं भने परिवर्तन कहिल्यै आउँदैन । हामीले कुरिरहेको व्यक्ति हामी नै हौं । हामीले चाहिरहेको परिवर्तन हामी नै हौं ।' 
हामी भने ठीक उल्टो मनस्थितिमा गुजि्रइरहेका छौं । चिया पसलमा राजनीतिका गफ छाँट्छौं । नेताहरूका कुरा काट्छौं । देश बिगारे भनेर सराप्छौं । देश बनाउन हामी आफैंले के गर्यौं भन्ने कहिल्यै आत्मसमीक्षा गर्दैनौं । जसलाई देश बिगारेको आरोप लाउँछौं, तिनलाई आफैं छान्छौं । न रोक्न सक्छौं, न केही नगरेकै कारण गलहत्याउन चाहन्छौं । सधैं गनगन मात्र गर्छौं । किनकि हामीसँग आफैं केही गर्ने अझै ढंग छैन । विकासलाई राजनीतिबाट अलग राख्ने तरिकै थाहा छैन । 
जसले समय चिनेर केही गर्न थालिसकेका छन्, तिनलाई सलाम छ । मासु पसल खोलेर महिनामा लाखौं कमाउने यहीं छन् । चिया बेचेर घर बनाउने, बालबच्चा पढाउने कैयौं छन् । इलम गर्नेलाई जे पनि सम्भव छ, यहाँ । विदेशबाट अर्काले गतिलो मोबाइल खेलाउँदै आएको देखेर रातारात म्यानपावर कम्पनी पुग्नु जरुरी छैन अब । सक्षम हुँदाहुँदै विदेशका पीआर र डीभीमा झुत्तिनु आवश्यक छैन, अब । 
अमेरिकी प्रथम महिला मिचेल ओबामाले भनेकी छन्, 'मेरो जीवन र मेरो आफ्नै सानो हैसियतमा मैले देशलाई केही दिने प्रयास गरेको छु, जसले मलाई प्रशस्त दियो । त्यसैले सार्वजनिक सेवामा अघि बढाउन मैले ल र्फमको जागिर छाडँें, युवाहरूलाई समुदायका लागि स्वयम्सेवा गर्न सशक्त बनाउने काम गर्दैछु । किनकि मलाई विश्वास छ- हामी सबैले देशका लागि केही न केही 
योगदान गर्नैपर्छ ।'
मिचेलका बुबा पानी प्रशोधन केन्द्रको भकभक पानी उम्लिइरहने कोठाभित्र काम गर्थे । त्यो पनि राति । संघर्षशील परिवारबाट हुर्केकी उनी त्यो ठाउँमा पुग्नु हाम्रालागि शिक्षा हो । उनको जस्तै राष्ट्रप्रेम हामी सबैमा हुनुपर्छ । कसैलाई दोष लाएर मात्र देश बन्दैन । देश हाम्रो हो । देशलाई धनी बनाउनसके मात्र विदेश जाँदा अध्यागमनहरूमा दोस्रो दर्जाको व्यवहार हामीले खेप्नुपर्ने छैन । किनकि संसारले नै पुज्ने धनलाई नै हो । 
दोष राजनीतिक प्रणालीकै 
बढ्ता हो । तर उनीहरूलाई दोष दिएरै हामीले दसकौं बिताइसक्यौं । अब त्यसो नगरौं । देशका लागि गरौं, देशले पक्कै दिनेछ । अमेरिका वा युरोप पनि यही धरतीका टुक्रा हुन् । उनीहरूले जे गर्नसके, हामी त्यही गर्न किन सक्दैनौं ?
Source : ekantipur.com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment