English Edition

रणबीरसँग घरजम गर्न कट्रिनाले फिर्ता गरिन् साइन गरिएका फिल्मका पैसा

नयाँ दिल्ली, फागुन २१ – बलिउडका लभबर्ड भनिने कट्रिना कैफ र रणबीर कपुरलाई उनीहरुको सम्बन्धको बारेमा थुप्रै प्रश्नहरुको ओइरो लाग्ने गर्दछ । कट्रिनासँगको विवाह भएको खबर वास्तविक हो भन्ने एक पत्रकारको प्रश्नमा रणबीर निकै रिसाएर कार्यक्रम बाहिर निस्किएका थिए । रणबीरले उक्त प्रश्नलाई वेवास्ता गरेपनि उनीहरुको विवाहको खबरले फेरि एकपटक मिडियामा खैलाबैला मच्चाएको छ । एक स्रोतका अनुसार कट्रिनाले तीनवटा फिल्मको अफर अस्विकार गरेकी छिन् । फिल्म अस्विकार गर्नुको कारण उनीसँग फिल्मका लागि पर्याप्त रकम छैन । श्रोत भन्छ, ‘साइन गरिएको फिल्मको पैसा पनि उनले फिर्ता दिँदैछिन् किनभने उनले रणबीर सँग चाँडै नै घरजम गर्ने सोच बनाएकी छिन् । नयाँ फिल्मका लागि उनीसँग पर्याप्त समय नभएका कारण उनले ठूलो प्रोजेक्टको फिल्महरु पनि अस्विकार गरिरहेकी छिन् । ’ यद्यपी यो विषयमा कट्रिना र रणबीरको तर्फबाट केहि पनि टिप्पणी आएको छैन । 
Source: Ratopati
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment