English Edition

पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले हरायो

विश्वकप क्रिकेट अन्तरगत शनिबार पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले हराएको छ।

पाकिस्तानले दिएको २३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३३.३ ओभरमा अलआउट हुँदै २०२ रनमा समेटियो। अफ्रिकाका लागि एभि डेविलियर्सले सर्वाधिक ७७ रनको योगदान दिए। वर्षाले प्रभावित भएको खेलमा  दक्षिण अफ्रिकाले डिएल मेथडका आधारमा नयाँ लक्ष्य २३२ रन पाएको हो। अफ्रिकालाई रोक्ने क्रममा मोहम्मद इरफान, राहद अलि र वाहव रियाजले ३-३ विकेट लिए। थप एक विकेट सोहिल खानले लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले वर्षाले प्रभावित खेलमा निर्धारित ४७ ओभरमध्ये ४६.४ ओभरमा अलआउट हुँदै २२२ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान मिसवाहउलहकले सर्वाधिक ५६ रनको योगदान दिए। यस्तै युनिस खान ३७,सर्फराज अहमदले ४९, सहिद अफ्रिदीले २२ रनको योगदान दिए। यस्तै अफ्रिकाका लागि ड्याल स्टेफेनले ३ विकेट लिए। 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment