English Edition

"प्रचण्ड कहाँबाट असुरक्षित ? फेसबुकबाट की भाइबरबाट ?

२३ फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले आफू असुरक्षित भएँ भनेर दिएको अभिव्यक्तिलाई उद्धृत गर्दै नेकपा एमाले नेता माधवकुमार नेपालले प्रश्न गरेका छन्, ‘कहाँबाट असुरक्षित फेसबुकबाट ? भाइबरबाट ? इमेलबाट ? कि टेलिफोनबाट ?’
फाइल फोटो
फाइल फोटो
एमाले सर्मिथत कानुन व्यवसायीहरुको उपत्यकास्तरीय भेलालाई शुक्रबार सम्वोधन गर्दै उनले भने, ‘हुलाकबाट चिठी पो आयो की ?’
प्रचण्डले आफू असुरक्षित भएँ भनेको थाहा पाउँदा बित्तिकै आफूले एमाले उपाध्यक्ष समेत रहेका गृहमन्त्री बामदेव गौतमलाई तुरुन्तै गएर प्रचण्डलाई भेट्न आग्रह गरेको नेपालले बताए । उनले प्रधानमन्त्री सुशील कोइरालालाई पनि यसबारे ध्यानाकर्षण गराएको जानकारी गराए ।
प्रचण्डले ललितपुरमा आयोजित कार्यक्रममा आफूलाई भौतिकरुपमा सिध्याउने षडयन्त्र भैरहेको बताएका थिए । प्रचण्डको सो अभिव्यक्तिपछि गृहमन्त्रालयले विज्ञप्ति निकालेर सुरक्षा प्रवन्ध पर्याप्त मिलाइएको बताएको थियो ।
पूर्वराजालाई आउन आग्रह
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले राजनीतिक दलहरुहरुसँग सहमति भएको भन्ने पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफ दिए । २०६३ बैशाख ८ मा शाहले सम्वोधन गरेपछि र त्यसको भोलिपल्ट पनि कांग्रेसका केही नेताहरुले मिलौं भनेको तर आफूले नमानेको उनले जानकारी दिए । ‘सहमति भएको भन्छन् भने मसँग आए हुन्छ,’ नेपालले भने ।
बालुवाटार नजानुको कारण
बालुवाटार वार्तामा किन नगएको भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘मेरो अर्को काम थियो ।’ नबोलाएर नजानु भाको हो ? भन्ने अर्को प्रश्नमा नेपालले भने, ‘यो पनि हो ।’ सत्ता पक्ष र विपक्षी दलका नेताहरुबीच शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनी अनुपस्थित थिए ।source:taja khabar 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment