Kathmandu March, 19
शुक्रवार देखि देशव्यापी रुपमा प्रदर्शन हुन लागेको फिल्म माला हिजो बुधवार दरवारमार्ग स्थित क्युज सिनेमामा कलाकार, बैकंर र पत्रकारहरुलाई फिल्म देखाएको थियो । सुदिप भुपाल सिंहको निर्देशन रहेको फिल्मले एउटा बेग्लै बिषय प्रस्तुत गरेको छ । नायिका प्रियंका कार्की यो फिल्मलाई लिएर एकदमै उत्साहीत रहेको देखिइन । उनले आफनो क्यारियर केही उत्कृष्ट फिल्म मध्ये यो पनि महत्वपुर्ण फिल्म रहेको बताइन ।
सस्पेन्स थ्रिलर श्रेणीको फिल्ममा आर्यण सिग्देल, प्रियंका कर्की, सुमिना घिमीरे प्रज्वल गिरी, लुनिभा तुलाधर आदिको अभिनय रहेको छ । शिशिर राणाले निमार्ण गरेको फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन । फिल्मको कथा भने सुदिप आफैले लेखेका हुन ।



0 comments :
Post a Comment