March 24
नेपाली सौन्दर्य प्रतियोगीतामा आफ्नै पहिचान बनाएको मिस मंगोल नेपालको सातौं संस्करण सुरु भएको छ । प्रतियोगीतामा १६ देखी २४ वर्ष उमेरका, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउने छन् । नेपालमा पहिलो पटक विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिन थालेको प्रतियोगीतामा यस वर्ष विजेतालाई स्कुटर सहित उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ । त्यसैगरी फस्ट रनरअपलाई ५० हजार र सेकेन्ड रनरअपलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सुन्दरता, बौद्धिकता र संस्कृती बीचको फियुजनका रुपमा लिइएको मिस मंगोलमा विजेता छनोट प्रक्रियालाई बैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सोलाई आधार बनाइँदै आएको छ । प्रतियोगीतका लागि चैत १३ गतेभित्रमा आवेदन फारम भरीसक्ने पर्ने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा यसवर्ष देखी सर्टकट इन्ट्रीमार्फत मिस ट्यालेन्ट विजेता र एसएमएस भोटिङमा सबभन्दा धेरै भोट प्राप्त गर्ने प्रतियोगीले उत्कृष्ट १५ मा सिधै प्रवेश पाउने छन । विश्व सौन्दर्य प्रतियोगितामा प्रचलित यो विधी प्रतिभावान प्रतियोगीका लागि सार्थक हुने विश्वास गरिएको छ । अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले एक महिना प्रशिक्षण दिने छन् ।
आफ्नो मौलिक कला र संस्कृती प्रवद्र्धनका लागि जातीय सौन्दर्य प्रतियोगीताको लहर चलेका बेला मिस मंगोल नेपाल समस्त आदीवासी जनजातीका प्रतिभावान युवतीका लागि साझा प्लेटफर्म सावित भएको छ । विभिन्न जातीय सौन्दर्य प्रतियोगीताका विजेतालाई विना अडिसन सहभागी गराइने आयोजक एक्सन इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक चन्दा घिसिङले जानकारी दिएकी छिन् ।
मिस मंगोलको यो सातौं संस्करण हो । यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोका, मुस्कान लिम्बु र एनिस्ता गुरुङले शीर्ष उपाधी चुमिसकेका छन् । मिस मंगोल नेपाल २०१५ को अन्तिम प्रतिष्पर्धा आगामी बैसाख २६ गते राजधानीमा हुनेछ ।

0 comments :
Post a Comment