English Edition

नेपाली बजारमा ‘भी मोटो’ इलेक्ट्रिक स्कुटर, मूल्य १ लाख २४ हजार

१३ चैत, काठमाडौं । अष्ट्रेलियन इलेक्ट्रिक स्कुटर ‘भी मोटो’ नेपाली बजारमा बिक्री सुरु भएको छ । युरोपियन डिजाइन र जर्मन इन्जिनियरिङयुक्त यो स्कुटर एशिया र युरोपका झण्डै २७ देशमा बिक्री वितरण हुँदै आएको लोकप्रिय ब्राण्ड हो । नेपालका लागि आधिकारिक बिक्रेता अष्ट अटोले पहिलो चरणमा बिभिन्न चारवटा मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।
V-moto-Scooterपर्यावरणमैत्री यी स्कुटर बिजुलीबाट चल्ने हुँदा निकै कफियाती हुने र पावरफूल हुने बताइएको छ । मूल्य पनि पेट्रोल इन्जिनयुक्त स्कुटरकै हाराहारीमा रहेको बताइएको छ ।
सुबिधाहरू स्टाइलिस डिजाइनमा रहेका यी स्कुटरमा डिस्क ब्रेक, ट्युवलेस टायर, मेन्टिनेन्स गर्नु नपर्ने लिड एसिड ब्याट्री लागयतका सुबिधा छन् । भी-९० एस र भीएक्स-९० एस दुई हजार वाट ब्याट्री क्षमताका छन् । भी-५ मोडल ८ सय वाट र ‘बी’ मोडल ५ सय वाट क्षमताको ब्याट्रीयुक्त छन् ।
अघिल्ला दुई मोडल ६५ किलोमिटर प्रतिघण्टाका दरले कुद्न सक्छन् भने एकपटक चार्ज गरेपछि ९० किलोमिटरसम्मलाई पुग्छ । भी-५ ५२ किलोमिटर प्रतिघण्टा कुद्छ भने एकपटक चार्ज गरेपछि ६० किलोमिटरसम्म ब्याट्री पुग्छ । बी मोडल ४० किलोमिटर प्रतिघण्टाका दरले कुदछ भने एकपटक चार्ज गरेपछि ६० किलोमिटरसम्मको चिन्ता लिनु पर्दैन् । स्कुटर मोटर, चार्जर र कन्ट्रोलरमा दुई बर्षको वारेन्टी छ भने ब्याट्रीमा एक बर्षको । यी चार मोडलमध्ये सवैभन्दा सस्तो बी मोडल छ जसको मूल्य १ लाख २४ हजार रुपैयाँ पर्छ । यस्तै भी-५ को मूल्य १ लाख ४६ हजार, भी-९० एस र भीएक्स-९०एसको मूल्य २ लाख २५ हजार रहेको छ । यसैगरि बिभिन्न सामान ढुवानी कम्पनीलाई लक्षित गरी बनाइएका ‘डेलीभरी स्कुटर’, तीन पाङ्ग्रे स्कुटर र चारपाङ्ग्रे इलेक्ट्रिक सवारी पनि छिटै नेपालमा बिक्रि सुरु गरिने नेपालका लागि आधिकारिक बिक्रेता अष्ट अटोले जनाएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment