आगामी सन् २०१८को विश्वकप फुटबलको छनोट चरणको पहिलो खेलमा अहिले नेपाल भारतसामू २-० गोल अन्तरले पराजित भएको छ। गुवहाटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा भएको खेलमा भारतका लागि दुबै गोल सुनिल क्षेत्रीले गरेका हुन्।
पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २ गोल खाएको हो। एसियन कप २०१९ को छनोटको रुपमा पनि रहेको प्रतिस्पर्धाको दोस्रो खेल चैत ३ गते दशरथ रंगाशालामा हुनेछ।
नेपाल र भारत अहिलेसम्म १५ पल्ट आमनेसामने भएकोमा भारतले ११मा बाजी मारेको छ भने नेपालले दुई जित हात पारेको छ। दुई खेल बराबरीमा टुंगिएका छन्।

0 comments :
Post a Comment